|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
|
|
|
|
गोर्खालीहरुको बेलायत जाने ओईरो |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV |
"हामीले त्यहाँ लिइने सेवा सुविधा पाएपछि त
सुनकै घर बनाई दिए पनि हामी त्यहाँ बस्दैनौं ।"-
'गेसो' का सभापति पदमबहादुर गुरुङ्ग यो जित भनेको समग्रमा अढाई करोड स्वाभिमानी नेपालीको जित हो । यस्ले अहिलेसम्म दासको रुपमा रहेका गोर्खालीहरु दास होइनन् बेलायतका राष्ट्रसेवक हुन् भन्ने कुरा प्रमाणित गरेको छ । यो सम्पूर्ण नेपालीहरुको गौरवको कुरा हो । बेलायती विभेदको विरुद्धमा पहिलो पटक संगठित रुपमा शशक्त आवाज बुलन्द पार्ने व्यक्ति हुन्- पदमबहादुर गुरुङ्ग । उनैले १८ वर्ष अघिदेखि शशक्त पार्दै आएको आवाजले अहिले मूर्त रुप लिएको छ । भूतपूर्व गोर्खा सैनिकहरु भाडाका सैनिक होइनन् मानवता र बेलायती राष्ट्रियताका लागि लड्ने वीरहरु हुन् भन्ने चित्तबुझ्दो न्यायिक जवाफसँगै बेलायती सरकारलाई ठिंग्राउन उनको आन्दोलन सफल भएको छ । पछिल्लोपटक बेलायती उच्च अदालतले गोर्खा सैनिकहरुको पक्षमा फैसला सुनाएलगत्तै ६४ वर्षिय पदमबहादुर गुरुङ्गको व्यक्तित्व झन् चुलिएको छ । राष्ट्रिय- अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा गोर्खालीहरुको जीतको खबरसँगै गुरुङ्गको नेतृत्वको पनि उत्तिकै चर्चा पाइरहेको छ । 'समान काम गरे वापत समान सेवा- सुविधा' लाई केन्द्रमा राखेर पदमबहादुर गुरुङ्गको नेतृत्वमा वि.सं. २०४७ असार २ गते गोर्खा भूतपूर्व सैनिक संघ 'गेसो'को स्थापना भयो । उन्कै नेतृत्वमा गेसोले १७-१८ सय रुपैया पाउने भूपू ब्रिटिश गोर्खा सैनिकहरुलाई १७-१८ हजार रुपैया सम्मको पेन्सन दिलाउने महत्वपूर्ण भूमिका खेल्यो । समानताको आन्दोलनसँगै बेलायती नागरिक सरह गोर्खा सैनिकहरुले पनि समान सेवा, सुविधा र आवासीय अधिकारसमेत प्राप्त गरे । तर भूपूहरुको यो जीतसँगै अहिले मुलुकको रेमिटान्स घटेर अर्थव्यवस्थामा दर्हो धक्का लाग्ने, आदिवासी जनजाति आन्दोलनमा गम्भिर प्रभाव पर्ने विश्लेषणले ठाँउ पाउन थालेको छ । त्यो सँगै गेसोको आन्दोलनले के मोड लिन्छ भनेर सबैतिर उत्सुकता उठ्न गरेको पाइन्छ । |
|
|
अहिले यिनै प्रश्नहरुको जवाफ दिन संचारमाध्यम गोर्खा परिवार र अन्यतिर पनि गोर्खा भूतपूर्व सैनिक संघ गेसोका सभापति पदमबहादुर गुरुङ्ग व्यस्त देखिनुहुन्छ । बुबा लक्षबहादुर गुरुङ्ग र आमा सुभा गुरुङ्गको कोखबाट वि.स. २००२ मा स्याङ्जाको फेदीखोलामा जन्मिएका गुरुङ्गसँग युएस नेपाल अनलाइनले पनि भूपूहरुको सफलता र यस्को प्रभावको वारेमा केन्द्रीत भएर कुराकानी गरेको छ । प्रस्तुत छ- र हाम्रा काठमाण्डौंस्थित सहयोगी सम्पादक खगेन्द्र माकिम लिम्बुले पदमबहादुर गुरुङ्गसँग गर्नु भएको बिशेष भेटबार्ता: Padambahadur Gurung. Photos: Khagendra युएस नेपाल अनलाइन: पछिल्लो पटक ३० सेप्टेम्बरमा बेलायती उच्च अदालतले भूतपूर्व गोर्खाली सैनिकहरुको पक्षमा गरेको फैसला कस्तो हो ? पदमबहादुर गुरुङ्ग: विश्वको मानवअधिकार र प्रजातन्त्रको जननीको रुपमा मानिएको बेलायतको एउटै सेनामा दुई खालको कानुन थियो । बेलायती गोरालाई एउटा, गोर्खालीलाई अर्कै । गोर्खाली माथिको कानुन चाँही बेलायती हाकिमको तजबीजले चल्ने गर्थ्यो । गोर्खाली सैनिकहरुमाथि २ सय वर्षदेखि विभेद हुदै आएको थियो । त्यसैको विरुद्धमा हामीले न्यायिक लडाई लडिरहेका थियौं । विश्वकै इतिहासमा जातीय विभेदको मुद्दा परेको त्यो पहिलो थियो । यस मुद्दामा हामीले जित्यौं र बेलायती सरकारले लज्जास्पद तरिकाले हारेको हो । तत्कालीन नेपालका जहानीय राणाकालीन शासकहरुसँग मिलेर दुई सय वर्षदेखि बेलायती साम्राज्यले जसरी नेपालका आदिवासी जनजाति युवाहरुलाई एउटा दासको रुपमा प्रयोग गर्दै आएका थियो । त्यो दास प्रथालाई ३० सेप्टेम्वरको बेलायती उच्च अदालतको फैसलाले अन्त्य गरिदिएको छ । र बेलायती नागरिक सरहको हैसियत गोर्खाली सेनालाई पनि कायम गरेको छ । यो जित भनेको समग्रमा अढाई करोड स्वाभिमानी नेपालीको जित हो । यस्ले अहिलेसम्म दासको रुपमा रहेका गोर्खालीहरु दास होइनन् बेलायतका राष्ट्रसेवक हुन् भन्ने कुरा प्रमाणित गरेको छ । यो सम्पूर्ण नेपालीहरुको गौरवको कुरा हो । युएस नेपाल अनलाइन: अदालतको फैसलासँगै भूपूहरुले पनि बेलायती नागरिक सरहको हैसियत पाउने त भए, अब त्यहाँ जाने प्रकृया चाँही कहिले सुरु हुन्छ ? पदमबहादुर गुरुङ्ग: यस अघि १ जुलाई १९९७ पछि अवकाश पाएका भूतपूर्व गोर्खाली सैनिकहरुलाई आवासीय भिसा र नागरिकता दिने बेलायती निर्णय तथा नीति नै गैर कानुनी, अन्यायपूर्ण छ भनेर उच्च अदालतले ठहर गरेको हो । अदालतले छिटो भन्दा छिटो तीन महिना भित्र समानताको आधारमा ड्राफ्ट तयार गरी नीति बनाउनु भनेर बेलायती सरकारलाई आदेश दिएको छ । अदालतको त्यो आदेशलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन बेलायतको माथिल्लो सदन हाउस अफ लर्डले पारित गरी तल्लो सदनलाई आदेश दिइसकेको अवस्था छ । अब ड्राफ्ट कसरी आउँछ अझै त्यो हेर्न बाँकी छ । त्यसपछि भूपूहरुको बेलायत यात्रा सुरु हुने हो । युएस नेपाल अनलाइन: हिजो विभेदमा परेका भूपूहरुले अब पाउने सेवा, सुविधा चाँही के कस्तो हुन्छ ? पदमबहादुर गुरुङ्ग: पहिलो कुरा त बेलायतको उच्च अदालतको फैसलाअनुसार सम्पूर्ण गोर्खा सैनिकहरु बेलायती नागरिक सरहको अधिकार पाउने हैसियतका हुन् । अब त्यो लागू भएपछि त त्यहाँ बस्ने अधिकार स्वतः प्राप्त हुने नै भयो । त्यसपछि कमाई खान पाउने ६० वर्ष नाघेको अपांग, अशक्त, विधवाले पेन्सनको अलवा ६-७ सय पाउण्ड भक्ता, सरकारले बस्ने व्यवस्था नभए उस्लाई बहालका लागि ५-६ सय पाउण्ड सरकारले उपलब्ध गराउँछ । रुघाखोकीदेखि ठूल्ठूला रोगको इलाज बेलायतकै सबैभन्दा सुविधासम्पन्न अस्पतालमा निशुल्क उपचार गराउँछ । ६० वर्ष नाघेको बाजेको श्रीमतिका लागि २५० पाउण्ड भत्ता अनि नेपालमै बसेकाहरु सामान्य उपचारका लागि पनि बेलायतमा जान पाउँने लगायतका व्यवस्था हुनेछ । युएस नेपाल अनलाइन: अब पेन्सनर त जान पाउने भइहाल्यो अरु कस्ता कस्ताहरु त्यहाँ जान पाउँछन् ? छोराछोरीको हकमा के व्यवस्था हुन्छ नी ? पदमबहादुर गुरुङ्ग: बेलायती सेनामा नोकरी गरेको सबै; चाहे त्यो नोकरीको क्रममा सजाय पाई नाम काटेर फर्काइएको होस् चाहे बीचैमा काम बिगारेर फर्काइदिएको होस् या त रिडन्डेन्सीमा फर्काएको होस् त्यो जमानामा कलकत्तामा चार पाँच तोला सुन पक्राउ परेर कोर्ट मार्शलले पठाएको होस् चाहे अफिसरसँग झगडा गरेर फिर्ता भएकाहरु; सबै खालका सजाय पाएर फर्केकाहरु पनि त्यहाँ जान पाउँछन् । त्यहाँ गइसकेपछि जस्को पेन्सन छैन, कटौती परेकाहरुले ६० वर्ष पुगेपछि गोरासरह नै पेन्सन पाउँछन् । सेवा सुविधा पाउँछन् । अब १८ वर्ष ननाघेका छोराछोरी बुबासँगै स्वतः जान पाउँछन् । र १८ वर्ष नाघेका छोरीछोरीले जानका लागि एप्लाई गर्छन् । यदि दिएन भने फेरी मुद्दा लड्छौं । मुद्दा भनेको उनीहरुका पुर्खाहरुले पुस्ता पुस्ता लडेका छन् बेलायती राष्ट्रियता लागि यिनीहरुको पुर्खाहरुको पनि योगदान छ र बेलायतमा बस्न अनि काम गर्न पाउनुपर्छ भनेर न्यायिक लडाई हुन्छ नी । युएस नेपाल अनलाइन: अब नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषित भइसकेको छ हिजैदेखि राज्यको नजरमा नपरेको आदिवासी जनाजातिहरुले पनि हक अधिकार प्राप्त गर्ने दिन सुरु भएको छ । यस्तो बेलामा तपाईहरु बेलायतमा जान मरिमेट्नु भएको हो ? पदमबहादुर गुरुङ्ग: होइन, हामी त त्यहाँ सेवा सुविधाका लागि मात्र जान लागेको हो । हामीले त्यहाँ लिइने सेवा सुविधा पाएपछि त सुनकै घर बनाई दिए पनि हामी त्यहाँ बस्दैनौं । अनि धेरैले नबुझेको कुरा हाम्रो लडाई सिटिजनसिपका लागि होइन हामीले सिटिजनको कुरा हिजो पनि उठाएको होइन आज पनि छैन र भोली पनि उठाउने छैन । हाम्रो सवाल मात्र यति हो की बेलायती सेनामा बल पसिना, अरुभन्दा पनि लहरलाग्दो जोवन खर्चिएका हामीले समान काम गरे वापत समान सुविधा किन नपाउने? त्यसैले औषधी उपचार गराएर सेवा सुविधा लिएर फेरी नेपालमै फर्किने हो हामी । युएस नेपाल अनलाइन: तर त्यहाँको नागरिक सरह हुने भएपछि त केहि फर्के पनि अधिकांश त्यहि बस्ने भए नी ? त्यसले यहाँ आउने गरेको रेमिटान्समा गम्भिर प्रभाव पार्ने देखिन्छ नी त ? पदमबहादुर गुरुङ्ग: जस्ले यो व्याख्या गरिरहेको छ यो सरासर गलत छ, पूर्वाग्रही भएर उठाईएको कुरा हो यो । किनभने योभन्दा अघि १९९७ भन्दा पछि रिटायर्ड भएका भूपूहरुलाई त्यहिको सिटिजनसिप दिन्छु भनेको छ नी बेलायतले । उनीहरु त त्यहि गएर बसेका छन् । अनि अहिले बेलायतमा ८०-९० हजार नेपालीहरु छन् । त्यसमध्ये १५-२० हजार मात्र लाहुरेका परिवार छन् । बाँकी सबै गैर लाहुरेहरु एमालेका, काग्रेसका, माओवादीका कार्यकर्ता र पूर्व पन्चहरु छन् । ती सबैको दुईटा नागकिता छ नेपाली र बेलायती दुवै । तिनीहरुको ४ पैसा पनि रेमिटान्स नेपालमा भित्रिदैन । बरु उनीहरुले यहाँको सम्पत्तिसमेत लगेका छन् । त्यस्तो कुरा चाँही नउठाउने अनि १५-२० हजार लाहुरेको कुरा उठाउने, यो पूर्वाग्रही पूर्ण छ । फेरी लाहुरेहरु त सबै खेति किसान गर्नेका सन्तानहरु हुन् र उनीहरुले आफै कमाएको पैसा हो त्यो उस्ले जहाँ लगे पनि त हुने भो नी । यता मुलुकको अर्थतन्त्रमा त्यति धेरै असर पर्ने भए सरकार बोल्नुपर्छ नी खै बोलेको मेरा युवाहरुलाई सम्झौता अन्तर्गत भर्ती गरेर लगिएको हो । तिम्रो एकलौटी निर्णयले मेरो नागरिकलाई सिटिजनसिप दिन पाउँदैनौ भनेर सरकार बोल्नुपर्ने हो नी । तर बोल्दैन सरकार हामी भूपू लाहुरेहरुले बुझ्न नसकेको कुरै यै छ । युएस नेपाल अनलाइन: होइन, तपाईहरु त्यहाँ गएपछि त रेमिटान्समा मात्रै होइन तपाईहरुले सहयोग गर्दै आउनुभएको जनजातिको आन्दोलनमा पनि प्रभाव पर्ने भो नी ? पदमबहादुर गुरुङ्ग: यो कुरा त अचम्मको छ ! हामी बेलायतमा जाँदा यति सारो चिन्ता लिने जनजाति नेतालाई तपाई एकदिन मात्रै एयरपोर्टमा गएर हेर्नुहोस् भनेर आग्रह गर्छु म । कति जना आदिवासी जनजाति युवाहरु खाडीमूलुक, मलेशिया, युद्धग्रस्त इराक- अफगानिस्तान र अन्य देशमा जाँदा रहेछन् । त्यसपछि कुरा गर्नुहोस् । हाम्रो भन्नु के हो भने हामी सन् १९९७ भन्दा अघि रिटायर्ड भएका अहिले ५०-६० वर्ष नाघेका वृद्धवृद्धा मात्रै त्यहाँ जान खोजिरहेका छौं । हामीभन्दा त युवाहरु अरुतिर जाँदैछन् । उनीहरुलाई रोक्नोस् न । फेरि सेवा सुविधा पाएपछि त हामी फर्किहाल्छौं नी । तपाईहरु नडराउनुहोस्, हाम्रो कारणले जनजाति आन्दोलनलाई अलिकति पनि घाटा पर्दैन । बरु अहिले ४-५ सय सहयोग गरिरहेका भूपूहरुको परिवारले त्यहाँ गएपछि ४-५ हजार सहयोग दिन थाल्नेछन् । युएस नेपाल अनलाइन: त्यति मात्रै होइन अरु क्षेत्रमा पनि प्रभाव पर्ने देखिन्छ नी ? पदमबहादुर गुरुङ्ग: जुन देशमा सिस्टम छैन जहाँ राज्यले शान्ति सुव्यवस्था कायम राख्न सक्दैन, रोजगारीको अभाव छ, माथिल्लो तहमा पुग्न पहुँच चाहिन्छ; त्यहाँ भूपू मात्र होइन सबै नागरिकहरु स्वभावैले विदेशिन खोज्छन् । यदि सिस्टमका लागि, शान्ति सुव्यवस्थाका लागि राज्यले अलिकति मात्रै ध्यान दियो भने त्यो त घटिहाल्छ नी । युएस नेपाल अनलाइन: गेसोको यसभन्दा अगाडिको आन्दोलन-अभियान के हुनेछ ? पदमबहादुर गुरुङ्ग: यो पछिल्लो जीतसँगै गेसोमाथि झन् ठूलो अभिभारा थपिएको छ । हिजो हामीले १ घण्टा काम गरेको थियो भने अब २ घण्टा; २ घण्टा थियो भने ४ घण्टा काम गर्नुपर्ने बेला आएको छ । बेलायती शासकले हिजो जतिलाई अति पीडित अवस्थामा खाली खुट्टासमेत फर्काएको छ उनीहरुलाई अब गाउँगाउँबाट खोजीखोजी औषधिपोचारार्थ सेवा सुविधाका लागि बेलायतमा लैजाने छौं । त्यसपछि जसरी यहाँका सिधासाधा आदिवासी जनजाति युवाहरुलाई भर्ति गराएर भाँडाको सैनिकका रुपमा चित्रित गरिएको छ त्यसलाई बदलेर विश्वको मानचित्रमा नेपाललाई चिनाउने इतिहास लेख्ने अभियानमा लाग्नेछौं । एउटा कुरा के गरिब भएरै नेपाली युवाहरुलाई भर्ती गरिएको थियो ? कदापी होइन । इतिहास साक्षी छ, त्यो बेलाको नेपाल र बेलायतको हैसियत बराबरको थियो । त्यहाँको पाउण्ड र नेपाली रुपैया बराबरको थियो । त्यसो भए किन गोर्खालीहरुलाई लड्न पठाइयो त ? हो, त्यहि कुरा जुन इतिहासमा कहि छैन । अहिलेसम्म कुनै पनि लेखक, इतिहासकार र बुद्धिजिवीले यसवारेमा कलम चलाएको छैन । त्यसैको वास्तविकता खोतल्ने अभियानमा लाग्नेछौं । आज नेपालको जुन दुर्गती छ यस्को मूल कारण राणा, शाहहरु र ब्रिटिशहरु हुन् भनेर प्रकाशमा ल्याउने छौं । युएस नेपाल अनलाइन: यही नोभेम्बर २० मा बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनले तपाईहरुलाई भेट्नका लागि बोलाएको छन् रे ब्राउनसँग के कुरा गर्नुहुन्छ ? पदमबहादुर गुरुङ्ग: सायद बेलायती प्रधानमन्त्रीले शुभकामना दिन मात्र हामीलाई बोलाएको होला । फेरी त्यहाँको उच्च अदालतले नै हाम्रो पक्षमा फैसला गरिसकेको अवस्थामा उनीसँग सम्वाद गर्ने कुरो पनि त आउँदैन नी । कुरो नै भएपनि हाम्रो अडान 'समान सुविधा दे, सबैलाई एउटै व्यवहार गर' भन्ने हुन्छ । November 10, Kathmandu |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||