|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story/News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Face of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs |
![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New York City | |||
|
भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे हाम्रो बोली-६ |
यो वेबसाइट पढ्न युनिकोड र प्रीती
फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट टाइप Nepali Unicode Font Type नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily Annapurna Post Gorkha Patra Kantipur Khoj Talash Mahanagar Naya Patrika Nepal Samacharpatra Rajdhani The Himalaya Times The Kathmandu Post The Rising Nepal More» साप्ताहिक Weekly Budhbar Deshantar Drishti Ghatna Ra Bichar Jana Astha Janadesh Jana Dharana Nepali Times Saptahik Vimarsha More» Other Media Himal Khabar Kamana Sadhana More» Nepali Radio/F.M./TV BBC Nepali BFBS Gurkha HK CA-Ne Vision China Nepali Hits FM Kantipur FM Kantipur TV Namaste Canada Nepali Radio NYC Nepal 1 TV Nepal Television NTV NITV Network Radio Dobhan USA Radio Nepal Radio Sagarmatha Sagarmatha TV USA More» Nepali Online Portals नेपाली अनलाइन् पोटंल BestNepaliSites.Com EuroNepalOnline.Com Gurungs.Org Himal Khabar HimalOnline.Com HKNepal.Com Janajati.Com Janajati.Org KantipurOnline.Com KiratiSaathi.Com Kirats.Com Magar.Org Tamang.Com TamangSamaj.Com NepalBizNews.Com NepalDirectory.Org NepalJapan.Com NepalNews.Com NepalVista.Com SimplyNepal.Com WebLali.Com Weeklynepal.Com More» |
||
|
मातृभाषासंगैको यात्रा- ६
भाषिक
मानव
अधिकारका
संदभंहरु
हाल
विश्व
मञ्चमा
'भाषिक
मानव
अधिकार
(Linguistics
Human Right)
आआफ्ना
समुदाय,
स्थान
र
व्यक्तिका
नामहरू
राख्ने
र
निरन्तर
कायम
राख्ने
अधिकार
छ।'
धारा
१३(१)
आदिवासीहरूका
अधिकार
सम्वन्धी
संयुक्त
राष्ट्रसंघको
घोषणापत्र
।
'आदिवासीहरूलाई
आआफ्नै
मातृभाषाहरूमा
आआफ्नै
साँस्कृतिक
तौरतरिकाबाट
सिक्ने
र
सिकाउने,
आआफ्ना
शैक्षिक
प्रणाली
र
संस्थाहरूको
स्थापना
गर्ने
र
नियन्त्रण
गर्ने
अधिकार
छ
को
चर्चा
निकै
हुने
गरेको
छ
तर
नेपालमा
यो
शब्दावलीको
प्रयोग
सुरु
भइसकेको
छैन।
नेपालको
सन्दर्भमा
यो
शब्दावली
विशेष
गरी
बालबालिकाको
लागि
शिक्षा
दिने
सन्दर्भमा मातृभाषाको
प्रशंग
उठने
गर्दछ
र
बालबालिकाले
आफ्नो
मातृभाषामा
पढन
पाउनु
पर्ने
हक
अधिकारको
सन्दर्भमा
'भाषिक
मानव
अधिकार'
प्रसंग
जोडिएर
आउने
गरेको
छ।
तर
यो
त्यत्ति
मात्र
होइन।
आउंदा
दिनहरूमा
यो
शब्दावली
विशेषगरी
आदिवासी
जनजाति
समुदायवीच
लोकप्रिय
बन्दै
जानेछ।
भाषिक
मानव
अधिकार
मूलतः
सबै
भाषाहरू
समान
हुन्छन्
र
सबै
भाषालाई
एक
प्रकारको
व्यवहार
गरिनु
पर्दछ
भन्ने
हो।
यस
सम्वन्धी
धेरै
अध्ययन
अनुसन्धानका
साथै
प्रयोगको
बारेमा
संयुक्त
राष्ट्रसंघबाट
घोषणापत्र,
अभिसन्धी,
अनुवन्ध
आदि
अनुमोदन
भएका
छन्।
यस
लेखनमा
विशेष
गरी
आदिवासीहरूका
मानव
अधिकार
सम्वन्धी
संयुक्त
राष्ट्रिसंघको
घोषणापत्र
२००७,
अन्तर्राष्टीय श्रम
संगठनको
महासन्धी
नं.
१६९
र
बाल
अधिकार
सम्वन्धी
अनुवन्धको
परिप्रेक्ष्यमा
चर्चा
गरिनेछ।
विश्वका
आदिवासी
विद्वानहरूको
२१
वर्षसम्मको
निरन्तर
अथक
प्रयास
र
संर्घषपछि
२००७
को
सेप्टेम्बर
१३
का
दिन
संयुक्त
राष्ट्र
संघको
महासभाले
आदिवासीहरूको
मानव
अधिकार
सम्वन्धी
घोषणापत्र
पारित
गर्यो।
मातृभाषाको
संरक्षण
र
मातृभाषामा
शिक्षाको
सन्दर्भमा यस
घोषणापत्रको
धारा
१३-१)
र
१४
(१)[1]
निकै
महत्वपूर्ण छन्।
यी
धाराहरूमा
भनिएको
छ:
'आदिवासीहरूलाई
भविष्यका
सन्तानहरूका
लागि
आआफ्ना
इतिहासहरू,
मातृभाषाहरू,
मौखिक
परम्पराहरू,
दर्शनहरू,
आलेखन
प्रणालीहरू
र
साहित्यहरूलाई
पर्ुनजीवन्त
गर्न,
प्रयोग
गर्न,
विकास
गर्न
तथा
प्रशारण
गर्न
र
उनीहरूका
।'
धारा
१४-१)
आदिवासीहरूको
अधिकार
सम्वन्धी
संयुक्त
राष्ट्रसंघको
घोषणापत्र।
धारा
१३(१)
ले
आदिवासीहरूले
आआफ्ना
मातृभाषाको
प्रयोग
गर्ने,
विकास
गर्ने
र
प्रशारण
गर्ने
तथा
समुदाय,
स्थान
र
व्यक्तिको
नाम
आआफ्ना
मातृभाषामा
राख्ने
अधिकारको
प्रत्याभूति
गरिएको
छ
भने
धारा
१४(१)
ले
आदिवासीहरूले
आआफ्नै
मातृभाषामा
सिक्ने,
सिकाउने
तथा
शैक्षिक
प्रणाली
र
संस्थाहरू
स्थापना
गर्ने
र
त्यसमाथि
नियन्त्रण
गर्ने
अधिकारको
प्रत्याभूति
गरेको
छ।[2]
यसैसंग
जोडिएको
अर्को
प्रशंग
पनि
निकै
महत्वपूर्ण
छन्।
संयुक्त
राष्ट्र
संघको
महासभाले
आदिवासीहरूको
मानव
अधिकार
सम्वन्धी
घोषणापत्र
पारित
गरेकै
समयमा
नेपालको
विधायिका-संसदले
अन्तर्राष्टीय श्रम
संगठनको
महासन्धी
नं.
१६९
पारित
गरेको
छ।
यो
महासन्धी
बाध्यताकारी
हुन्छ
र
यी
भनाइहरू
नेपालले
कार्यान्वय
गर्नु
पर्ने
हुन्छ।
यस
महासन्धीको
धारा
२७
(१),
धारा
२८
(१)
र
धारा
२८(३)[3]
मा
मातृभाषा
र
मातृभाषामा
शिक्षा
सम्वन्धी
व्यवस्था
गरिएको
छ।
यी
धाराहरूमा
भनिएको
छ:
'आदिवासी
जनताका
लागि
उनीहरूकै
विशेष
आवश्यकतालाई
सम्बोधन
गर्न
उनीहरूकै
सहयोगमा
शैक्षिक
कार्यक्रम
र
सेवाहरू
विकसित
एवं
कार्यान्वित
गरिनेछन्
र
यसका
साथै
उनीहरूका
इतिहासहरू,
ज्ञान
र
प्रविधिहरू,
उनीहरूका
मूल्य
प्रणालीहरू
र
उनीहरूका
सामाजिक,
आर्थिक
र
सांस्कृतिक
आकांक्षाहरूलाई
पनि
समावेश
गरिनेछ।
उनीहरू
आफूलाई
सोझै
प्रभाव
पार्ने
राष्ट्रिय
र
क्षेत्रीय
विकासका
लागि
योजना
तथा
कार्यक्रमहरू
निर्माण
गर्न,
कार्यान्वय
गर्न
र
मूल्यांकन
गर्न
सहभागी
हुने
छन्'
धारा
२७
(१)
अन्तर्राष्ट्रिय
श्रम
संगठन
महासन्धी
नं.
१६९
।
'आदिवासी
समुदायका
बालबालिकाहरूलाई
सम्भव
भएसम्म
उनीहरूकै
मातृभाषामा
र
सम्भव
नभए
उनीहरूले
प्रयोग
गरिरहेका
बोलिचालीको
भाषामा
लेखपढ
गर्न
सिकाइनेछ।
यदि
मातृभाषाको
पठनपाठन
व्यवहारिक
नभएमा
यस
उद्देश्य
प्राप्तिको
लागि
अधिकारीहरूले
उनीहरूसंग
सरसल्लाह
गर्नेछन्'
धारा
२८(१)
अन्तर्राष्ट्रिय
श्रम
संगठन
महासन्धी
नं.
१६९
।
'आदिवासी
समुदायका
मातृभाषाहरूको
विकास
र
अभ्यासलाई
संरक्षण
र
सर्म्वर्द्धन
गर्ने
उचित
व्यवस्था
मिलाइनेछ'
धारा
२८(३)
अन्तर्राष्ट्रिय
श्रम
संगठन
महासन्धी
नं.
१६९
।
माथिका
धारा
२७(१)
ले
आदिवासी
विषयवस्तुको
आधारमा
शैक्षिक
कार्यक्रम
विकसित
गरी
कार्यान्वय
गरिने
प्रावधान
छ
भने
धारा
२८(१)
ले
मातृभाषामै
लेखपढ
गर्न
सिकाइने
प्रावधान
छ।
यसै
गरी
धारा
२८(३)
ले
आदिवासीहरूको
मातृभाषाको
विकास
र
अभ्यासलाई
संरक्षण
र
सर्म्वर्द्धन
गर्ने
प्रावधान
राखेको
छ।
यसैगरी
बालबालिका
शिक्षाको
सम्वन्धमा
बालअधिकार
सम्वन्धी
अनुवन्धको
धारा
३०
पनि
निकै
महत्वपूर्ण्
छन्।
यहाँ
भनिएको
छ:
जाति,
धर्म
वा
भाषिक
अल्पसंख्यकहरू
वा
आदिवासी
मूलका
मानिसहरू
बसोबास
रहदै
आएको
राज्यमा
त्यस्ता
अल्पसंख्यकहरू
वा
आदिवासी
बालबालिकाहरूलाई
आफ्नै
समुदायका
अन्य
सदस्यहरूसंग
सामुहिक
रूपमा
आफ्नो
संस्कृति
अप्नाउने,
धर्मको
पालना
गर्ने
र
प्रयोग
गर्ने
वा
आफ्नो
भाषा
प्रयोग
गर्ने
अधिकारबाट
वञ्चित
गर्न
पाइने
छैन
(बालअधिकार
सम्वन्धी
अधिकार
अनुवन्ध
३०)।[4]
यसै
गरी
नेपालले
हस्ताक्षर
गरेका
यससम्वन्धी
अन्य
घोषणापत्र,
अभिसन्धी
र
अनुवन्धहरू
पनि
उल्लेखनीय
छन्।[5]
माथि
प्रस्तुत
धाराहरूलाई
विषयगत
रूपमा
निम्नानुसार
प्रस्तुत
गर्न
सकिन्छ
(क)
मातृभाषाको
संरक्षण,
सर्म्वर्द्धन
र
प्रयोग
विस्तार
सम्वन्धी
(ख)
शिक्षाको
माध्यम
सम्वन्धी
(ग)
पाठ्यसामग्रीका
विषयवस्तु
र
शैक्षिक
कार्यक्रम
सम्वन्धी
(घ)
शिक्षण
विधि
सम्वन्धी
यसरी
हेर्दा
आदिवासीहरूलाई
मातृभाषामा
पढने
मात्र
होइन,
आदिवासी
सिकाइ
तथा
शैक्षिक
विधि
प्रयोग
गरिनुका
साथै
शैक्षिक
सामग्री
पनि
उनीहरू
आफैंले
निर्माण
गर्ने
अधिकार
सुरक्षित
देखिन्छ
।
यसका
साथै
योजना
निर्माण,
कार्यान्वयन
तथा
मूल्यांकन
का
साथै
शैक्षिक
संस्था
पनि
आफ्नै
परम्परागत
ढंगले
सञ्चालन
गर्न
सकिने
अधिकार
पनि
सुरक्षित
भएको
देखिन्छ।
हामीलाई
थाहौ
छ
परम्परागत
ऐनकानुन
राष्ट्रको
ऐनकानुनसंग
बाझिएमा
बाझिएको
हदसम्म
राष्ट्रिय
ऐनकानुन
प्रभावकारी
हुन्छ।
यसैगरी
राष्ट्रिय
ऐनकानुन
अन्तर्राष्टीय
ऐनकानुनसंग
बाझिएमा
बाझिएको
हदसम्म
अन्तर्राष्टीय
ऐनकानुन
प्रभावकारी
हुन्छ।
यसको
अर्थ
के
पनि
हो
भने
घोषणापत्र
र
महासन्धीसंग
बाझिएका
राष्ट्रिय
ऐनकानुन
र
संविधानका
धारा-उपधाराहरू
हटाउनु
पर्ने
हुन्छ
र
ती
धारा-उपधराहरू
अन्तर्राष्टीय
धाराअनुरुप
मिलान
गर्नु
पर्ने
हुन्छ।
नेपाल
सरकार
र
माओवादीबीच
सम्पन्न
भएको
शान्तिवार्तामा
पनि
अन्तर्राष्टीय
घोषणापत्र,
अभिसन्धी
तथा
महासन्धीहरूको
पालना
गर्ने
प्रतिवद्धता
जाहेर
गरेको
छ
तर
हालसम्म
ती
महासन्धीहरूको
पालना
भइसकेको
छैन।
भाषिक
मानव
अधिकारको
प्रशंग
उठदा
माथिका
विषयगत
क्षेत्रहरूको
पनि
प्रशंग
उठाउनु
पर्दछ
र
आदिवासीहरूको
अस्तित्व
र
उनीहरूको
राष्ट्रिय
वा
जातीय,
सांस्कृतिक,
धार्मिक
र
भाषिक
पहिचानको
रक्षा
गरिनु
पर्दछ।
साथै
यस
किसिमको
पहिचानको
अभिवृद्धिका
लागि
अभ्रि्रेरित
गरिनु पर्दछ।
भाषाको
सर्न्दर्भमा
हालसम्म
नेपालले
घोषणापत्र
वा
अभिसन्धी
वा
अनुवन्धहरू
प्रयोग
गरेको
जानकारी
छैन।
यदि
कतै
भएको
छ
संयुक्त
राष्ट्रसंघको
आँखामा
छारो
हाल्न
अर्थात्
प्रतिवेदन
बुझाउनका
लागि
केही
झारो
टार्ने
काम
भएको
छ।
यसको
उदाहरण
हो
केही
मातृभाषामा
अतिरिक्त
ऐच्छिक
विषयको
सामग्री
तयार
गरिनु
र
प्रचार
गरिनु।
अन्त्यमा
मातृभाषीहरू
मातृभाषाको
संरक्षण
र
प्रयोग
विस्तार
तथा
मातृभाषा
शिक्षाको
लागि
सचेत
हुन
सकेन
भने
आइएलओ
अभिसन्धी
१६९
पनि
तुहाउन
सक्दछ।
तर्सथ
नेपालमा
भाषिक
मानव
अधिकार
संरक्षणको
लागि
र
आफ्नो
पहिचानलाई
उजागार
गर्न
सदैव
तयार
हुनु
पर्दछ।
जनवरी
१८
२००८ 1. UN
Declaration on Rights of
Indigenous People
'Indigenous
peoples have the right to revitalize, use, develop and transmit
for future generations their histories, languages, oral
traditions, philosophies, writing systems and literatures, and
to designate and retain their own names for communities, places
and persons'. Article 13(1)
'Indigenous
peoples have the right to establish and control their
educational systems and institutions providing education in
their own languages, in a manner appropriate to their cultural
methods of teaching and learning' Article 14(1)
2.
यस
घोषणापत्रमा
नेपालले
पनि
हस्ताक्षर
गरेको
छ।
यसको
अर्थ
हो
-
नेपालले
यो
घोषणापत्रको
पालना
गर्नु
पर्ने
हन्छ
तर
यो
घोषणापत्र
वाध्यताकारी
नभएकोले
पालना
गर्नु
नै
पर्ने
हुदैन,
संविधानमा
उल्लेख
हुने
'राज्यका
निर्देशक
सिद्धान्तहरू'
जस्तै।
कार्यन्वयन
भए
नभएको
सम्वन्धमा
कुनै
अदालतमा
प्रश्न
उठाउन
सकिदैन।
तर्सथ
यी
धाराहरू
प्रति
हामी
अति
उत्साहित
हुने
पर्ने
ठाउँ
छैन।
तर
यी
घोषणापत्रको
कार्यान्वय
गर्नेतर्फउन्मुख
हुनु
प्रत्येक
हस्ताक्षरित
राज्यहरूको
नैतिक
दायित्व
हुन्छ
र
कुल्चिनु
सम्भव
हुदैन।
3. ILO
Deceleration No. 169
'Education programmes and services for the peoples concerned
shall be developed and implemented in co-operation with them to
address their special needs, and shall incorporate their
histories, their knowledge and technologies, their value systems
and their further social, economic and cultural aspirations.
They shall participate in the formulation, implementation and
evaluation of plans and programmes for national and regional
development which may affect them directly'. Article 27(1)
ILO Deceleration No. 169
'Children belonging to the peoples concerned shall, wherever
practicable, be taught to read and write in their own indigenous
language or in the language most commonly used by the group to
which they belong. When this is not practicable, the competent
authorities shall undertake consultations with these peoples
with a view to the adoption of measures to achieve this
objective'. Article 28(1)
ILO Deceleration No. 169
'Measures shall be taken to preserve and promote the development
and practice of the indigenous languages of the peoples
concerned' Article 28(3)
ILO Deceleration No. 169
[44.
On those states in
which ethnic, religious, or linguistic minorities or persons of
indigenous origin exist, a child belonging to such a minority or
who is indigenous shall not be denied the right, in community
with other members of his or her group, to enjoy his or her own
culture, to profess and practice his or her own religion, or to
use his or her own language. (Convention on the Rights of the
Child Article 30)
[5]
नेपालले
हस्ताक्षर गरेका मातृभाषा तथा मातृभाषामा शिक्षा सम्वन्धी
हस्ताक्षर गरेका अन्य घोषणापत्र र महासन्धीहरू
(I)
International
Convenat on Civil and Political Rights (Article 27)
'Right to use their own
language'
(II
Declaration on the
Rights of the Person belonging to National or Ethnic, Religious
and Linguistics Minorities (1992, Articles 1)
'States shall protect & promote linguistics identity and right
to enjoy' (III)
Universal Declaration of Human Right (1948 Article-2)
'Right and freedom
without any discrimination'
(IV)
International
Convenat on Economic, Social and Cultural Rights (1996, Article
2.2) 'Right guaranteed
without any discrimination.'
भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्नुहुने हाम्रो बोली पढ्न नभुल्नुहोला। हाम्रो बोली-१: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु' हाम्रो बोली-२: ‘मातृभाषामा शिक्षा फड्को मानं सकिन्छ': नेपालमा बोलिने १४३ भाषामा पाठ्य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ हाम्रो बोली-३: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट हाम्रो बोली-४: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ? हाम्रो बोली-५: संघीय व्यवस्थामा भाषाको राजनीति हाम्रो बोली-६: भाषिक मानव अधिकारका संदभंहरु हाम्रो बोली-७: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®