मातृभाषासंगैको यात्रा-४:
तीन
वर्षे
अन्तरिम
योजनामा
मातृभाषा
विकासको
लागि
विविध
कार्यक्रम
प्राप्तिको
लागि
कम्मर
नकस्ने
?
यो लेख
PDF
फाइलमा पढ्न
यहाँ क्लिक गर्नुहोस्
PDF
फाइल पढ्न
Acrobat Reader चहिन्छ्, यदि छैन भने फ्री डाउनलोडको लागि
यहाँ क्लिक गर्नुहोस्
राष्ट्रिय योजना आयोगले तीन वर्षे अन्तरिम योजना (२०६४/२०६७) गत मंसिरमा
आफ्नो वेभसाइट माफर्त सार्वजनिक गरेको छ। 'आदिवासी जनजातिहरूको संस्कृति र
भाषाहरूको संरक्षण र सर्म्वर्द्धन हुन सकेका छैनन्' (पृ. १०) भनेर
आत्मालोचना गरेको यस अन्तरिम योजनाले 'समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल
निर्माण गर्नु'लाई दीर्घकालिन सोंचको रूपमा लिएको छ र समावेशी विकासलाई
समावेश गरेर प्राथमिकतामा राखेको छ। यो एघारौं पञ्चवर्षीय योजना लागु गर्नु
पर्नेमा अन्तरिम कालमा अन्तरिम योजना तयार गरेको यस आयोगको तर्क रहेको छ।
नेपालले पचास वर्षे अवधिमा १० वटा पञ्च वर्षीय योजना सम्पन्न गरिसकेको छ र
दशौं योजनामा आएर बल्ल आदिवासी जनजाति अध्यायले प्रवेश पाएको थियो तर
त्यहाँ न कुनै क्रमबद्ध योजना थियो न बजेटको व्यवस्था नै। दशैं पञ्च वर्षीय
योजनाको समीक्षा गर्दै यसले प्रभाव पार्न नसकेको कुरालाई यस अन्तरिम योजना
(पृ.११५) ले निम्नानुसार औल्याएको छः:
समग्रमा निम्नलिखित कारणहरूले गर्दा दशौं योजनाले आदिवासी जनजातिहरूको
विकासमा तात्विकरूपले सकारात्मक प्रभाव पार्न सकेको देखिदैनः
राज्यको संरचना र राज्य व्यवस्था नै केन्द्रीकृत भएको हुनाले आदिबासी
जनजातिहरूको शक्ति र स्रोतमा पहुँच नहुनु।
आदिबासी जनजातिहरूप्रति लक्षित कार्यक्रमहरू तर्जुमा गरिए तापनि बजेटको
कमीले गर्दा कार्यक्रमहरू कार्यान्वयन नहुनु।
आदिवासी जनजातिहरूको हित र आवश्यकतालाई उचित ढङ्गले सम्बोधन गर्ने
परिपाटी नै नभएकाले आदिवसी जनजातिहरूको सवालहरू व्यवस्थित किसिमले सम्बोधन
नहुनु।
सकारात्मक विभेद र आरक्षणको लागि कानुन बन्न नसक्नुका कारणले आदिवसी
जनजातिले पाउनुपर्ने सेवा तथा सुविधाहरू पनि नपाउनु।
देशमा व्याप्त राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व, निर्वाचित स्थानीय
संस्थाको अनुपस्थितिले पनि आदिवसी जनजातिहरूको सवाल प्राथमिकतामा नपर्नु।
जनजातिहरूको अवस्था बारे खण्डीकृतरूपमा आधार तथ्याङ्क र आवश्यक सूचनाहरू
राख्ने चलन नै नहुँदा आदिवसी जनजातिहरूका समस्याहरू प्रष्टरूपमा नदेखिनु।
लोपोन्मुख, सीमान्तकृत तथा अतिसीमान्तकृत आदिबासी जनजातिहरूको शिक्षा,
स्वास्थ्यमा सुधार गर्ने तथा उनीहरूको भाषा र साँस्कृतिक सम्पदाको संरक्षण
र सम्वर्द्धन गर्ने कार्यक्रम र बजेटको कमी हुनु।
आदिवसी जनजातिका बहुमूल्य परम्परागत सीप, प्राविधिक ज्ञान, भाषा तथा
क्षमताहरूको पहिचान गरेर लैजाने नीतिगत प्रष्टता नहुनु।
यस अन्तरिम अयोजनाले समस्या, चुनौती र अवसरहरूको प्रष्ट शब्दमा कुराको उठान
गरेको छ। 'मातृभाषाको विकास हुन नसक्नुमा एकात्मक शासन प्रणाली र
मनुस्मृतिमा आधारित वर्णव्यवस्थाले गर्दा समतामूलक जीवन शैली भएका आदिवासी
जनजातिहरू हरेक क्षेत्रमा वञ्चितिमा पारिएका देखिन्छन्' भनिएको छ।
यस योजनाले मानव अधिकार, भाषा र शिक्षाका सम्वन्धमा लिएका प्रमुख नीतिहरू
निम्नानुसार रहेका छन्:
मानव अधिकारलगायतका नेपालले अनुमोदन गरेका संयुक्त राष्ट्रसंघ तथा
अन्तर्राष्ट्रिय घोषणाका प्रावधानहरू प्रभावकारी रूपमा लागू गरिनेछ।
(पृ.३१)
शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई अधिकारमा आधारित विकास कार्यक्रमका
रूपमा अघि बढाइनेछ। (पृ.३०)
धर्म, भाषा र संस्कृतिको क्षेत्रमा रहेका सबै प्रकारका भेदभावहरूलाई
पूर्णरुपमा समाप्त गरिनेछ। सबै जाति र जनजातिका भाषा तथा संस्कृतिको
संरक्षण-सम्वर्द्धन एवं विकास लागि विशेष व्यवस्था गरिनेछ। (पृ.३१)
कभर पृष्टसहित ४७१ पृष्टको यस योजनामा अध्याय ८.३ मा १० पृष्ठको 'आदिवासी
जनजाति' खण्ड (पृ. ११४-१२३) रहेको छ। यस खण्डमा आदिवासी जनजातिबारेको तीन
वर्षो योजना तर्जुमा गरिएको छ। मातृभाषाको बारेमा यस अन्तरिम योजनामा के
कस्ता योजना बनाएको छ? यसैको खोजी र चर्चा यस अंकमा गरिनेछ अर्थात् भाषाको
कार्यक्रमको प्रस्तुतिमा नै यो लेखन केन्द्रित हुनेछ। राष्ट्रिय योजना
आयोगले १३ शिर्षकमा योजनाको विवरणहरू प्रस्तुत गरिएको हुनाले त्यसै स्वरूप
र शैलीमा मातृभाषा सम्वन्धी कार्यक्रमलाई तालिकामा प्रस्तुत गरिएको छ।
|
तालिका:
तीन
वर्य
अन्तरिम
योजना
(२०६४/२०६५-२०६६/२०६७)मा
मातृभाषा
विकास
सम्वन्धि
योजना
|
|
क्र.सं.
|
शिर्षक
|
राज्यको
स्वीकारोक्ति
र भाषिक
व्यवस्था
|
प्रतिक्रिया
|
|
१
|
पृष्ठभूमि
|
§
नेपाल
एक
बहुजातीय,
बहुभाषिक,
बहुधार्मिक
एवम्
बहुसाँस्कृतिक
देश
हो।
यहाँ
कुल
जनसंख्याको
३७.२
प्रतिशत
आदिवासी
जनजाति
बसोबास
गर्दछन्।
§
नेपाल
जीवनस्तर
मापन
र्सर्वेक्षण
(२०६०/०६१)
अनुसार
बाहुन-क्षेत्रीको
साक्षरता
दर
७२.३%
छ
भने
आदिवासी
जनजातिहरूको
साक्षरता
दर
४८%
रहेको
छ।
|
वर्तमान
स्थितिको
प्रष्ट
अवलोकन
भएको
छ।
|
|
२
|
अद्यावधिक
स्थितिको
समीक्षा
|
§
आदिवासी
जनजातिहरूको
शिक्षा,
स्वास्थ्यमा
सुधार
गर्ने
तथा
उनीहरूको
भाषा
र
साँस्कुतिक
सम्पदाको
संरक्षण
र
पवर्द्धन
गर्ने
कार्यक्रम
र
बजेटको
कमी
हुनु।
§
आदिवासी
जनजातिको
बहुमूल्य
परम्परागत
सीप,
प्राविधिक
ज्ञान,
भाषा
तथा
क्षमताहरूको
पहिचान
गरेर
लैजाने
नीतिगत
प्रष्टता
नहुनु।
|
राज्यले
पहिलो
पल्ट
बजेट
र
नीतिको
अभाव
रहेको
स्वीकारेको
छ।
|
|
३
|
समस्या,
चुनौति
तथा
अवसरहरू
|
§
राज्यले
अपनाएको
केन्द्रीकृत
एकात्मक
शासन
प्रणाली
र
मनुस्मृतिमा
आधारित
वर्ण्र्ाायवस्थाले
गर्दा
समतामूलक
जीवन
शैली
भएका
आदिबासी
जनजातिहरू
हरेक
क्षेत्रमा
बञ्चितिमा
पारिएका
देखिन्छन्।
§
नेपालका
अधिकांश
कानुनहरू
हिन्दू
विधिशास्त्रमा
आधारित
भएको
कारणले
आदिवासी
जनजातिहरूप्रतिको
विभेद
गहिरो,
पेचिलो
तथा
अदृश्यरूपमा
संस्थागत
भएको
छ।
विद्यमान
ऐन
कानुनका
कतिपय
प्रावधानहरू
बाधकको
रूपमा
रहिरहेकाले
आदिवासी
जनजातिहरू
आफ्ना
सांस्कृतिक
मूल्यमान्यताहरू
स्वतन्त्रतापूर्वक
अभ्यास
गर्नबाट
बञ्चित
भएका
छन्।
§
नेपाली
भाषालाई
मात्र
राज्यको
सरकारी
कामकाजी
भाषाकारूपमा
मान्यता
दिइएकाले
आफ्नै
मातृभाषा
भएका
आदिवासी
जनजातिहरू
राज्यबाट
पाउनुपर्ने
विभिन्न
सेवा
र
सुविधाबाट
बञ्चितीकरणको
कुचक्रमा
परेका
छन्,
राज्य
र
उनीहरू
वीच
सञ्चार
अवरूद्ध
छ
र
आदिवासी
जनजातिहरूले
मातृभाषमा
शिक्षा
पाउने
नैसर्गिक अधिकार
निर्वाध
रूपमा
उपयोग
गर्न
पाइरहेका
छैनन्।
भाषा,
संस्कृति,
धर्म
र
जातिका
आधारमा
हुने
भेदभावहरू
उन्मुलन
हुन
सकेका
छैनन्।
§
शिक्षामा
परापूर्वकालदेखि
बञ्चितिमा
पारिएकाले
आदिवसी
जनजाति
समुदायहरूमा
उत्पादनशील
जनशक्तिको
विकास
हुन
सकेको
छैन।
फलस्वरूप
आदिवासी
जनजातिहरू
राज्यबाट
संरक्षित
उच्च
जातिका
व्यक्तिहरूसँग
प्रतिस्पर्धा
गर्न
नसक्ने
अवस्थामा
पुगेका
छन्।
§
मातृभाषाको
माध्यमबाट
दिईने
शिक्षाबाट
आदिवासी
जनजाति
बालबालिकाको
अधिकार
सुरक्षित
हुनुको
साथै
भाषिक
मानव
अधिकार
सुरक्षित
हुने
अवसर
प्रशस्त
भएको
छ।
बहुभाषिक
शिक्षालाई
व्यवस्थित
किसिमले
कार्यान्वयन
गर्न
सके
आदिवासी
जनजाति
बालबालिकाहरूको
विद्यालय
भर्नादरमा
वृद्धि
र
विद्यालय
छाड्ने
दरमा
कमी
आउनेछ।
|
राज्यले
पहिलो
पल्ट
स्वीकार्यो।
अझै
पनि
राष्ट्रिय
योजना
आयोगका
बाहुन-क्षेत्रीहरू
आफुलाई
उच्च
जातिको
भनेर
मनुस्मृतिको
नीतिलाई
निरन्तर
दिन
चाहेको
देखिन्छ।'न्यायपूर्ण
र
समतामूलक
समाज
सिर्जना'
यसै
गरी
हुने
हो
र?
|
|
४
|
दीर्घकालिन
सोच
|
§
आदिवासी
जनजातिहरूको
सामाजिक,
सांस्कृतिक
र
आर्थिक
स्थितिमा
सुधार
गरी
न्यायपूर्ण र
समतामूलक
समाज
सिर्जना
गर्ने
दीर्घकालीन
सोंच
हुनेछ।
|
|
|
५
|
उद्देश्य
|
§
शासकीय,
समाजिक
तथा
आर्थिक
स्रोत
र
साधनहरूमा
आदिवासी
जनजातिहरूको
पहुँच
बृद्धि
गरी
उनीहरूको
आर्थिक
विकास
तथा
सांस्कृतिक सर्म्वर्द्धन
गर्ने।
|
|
|
६
|
परिमाणात्मक
लक्ष्य
|
§
आदिवासी
जनजातिहरूको
मानव
विकास
सूचकाड्ढमा
१०%
ले
सुधार
आएको
हुनेछ।
|
|
|
७
|
रणनीतिहरू
|
§
'राष्ट्रिय
सांस्कृतिक
नीति'
को
विकास
गरी
राष्ट्रकै
धरोहरका
रूपमा
रहेका
आदिवासी
जनजातिहरूको
भाषा,
धर्म
र
संस्कृतिहरूको
संरक्षण
तथा
सर्म्बर्द्धन
गरिनेछ।
|
|
|
८
|
नीति
तथा
कार्यनीतिहरू
|
§
शिक्षामा
त्रैभाषिक
नीति
निर्माण
गरी
लागू
गरिनेछ।
बहुभाषिक
शिक्षाको
पर्वर्द्धन
गरिनेछ।
§
आदिवासी
जनजातिहरूको
बसोबास
भएका
स्थानहरूमा
स्वास्थ्य
चौकी/केन्दू
स्थापना
गरी
आधारभूत
स्वास्थ्य
सेवा
पुर्याउनका
साथै
स्वास्थ्य,
सरसफाइ
र
वातावरणसम्बन्धी
प्रचारप्रसारका
सामग्रीहरू
सबै
आदिवासी
जनजातिका
मातृभाषाहरूमा
प्रकाशन
र
वितरण
गरी
उनीहरूको
चेतना
अभिबृद्धि
गरिनेछ।
§
आदिवासी
जनजातिका
भाषा
र
सँस्कृतिहरूको
संरक्षण
र
सम्वर्द्धनका
निम्ति
दीर्घकालीन
गुरुयोजना
बनाई
क्रमशः
कार्यान्वयन
गरिनेछ।
§
लेख्य
परम्परा
भएका
भाषाहरूको
माध्यमबाट
पठनपाठन
तथा
सरकारी
कामकाज
तथा
अदालतमा
सबै
मातृभाषामा
बयान
दिन
पाउने
व्यवस्था
गरिनेछ।
|
|
|
९
|
प्रमुख
कार्यक्रमहरू
|
|
|
|
(क)
|
राज्यको
संरचना
र
नीति
सम्वन्धी
|
§
शिक्षामा
आदिबासी
जनजातिहरूका
मातृभाषाका
साथै
नेपाली
(सम्पर्क भाषा)
र
अंग्रेजी
भाषा
(अन्तर्राष्ट्रिय
भाषा)
मा
शिक्षा
दिने
त्रैभाषिक
नीति
निर्माण
गरी
लागु
गर्ने।
§
मातृभाषासहितको
नेपाली
भाषा
जानेको
स्थानीय
आदिवासी
जनजाति
शिक्षक
शिक्षिकाहरूको
दरवन्दीका
लागि
आवश्यक
पहल
गर्ने।
§
लेख्य
परम्परा
भएका
आदिवासी
जनजाति
भाषाहरूमा
क्षेत्रीय
एवं
स्थानीय
स्तरको
सरकारी
कामकाज
तथा
अदालत
वा
अन्य
न्यायिक
निकायमा
आदिवासी
जनजातिहरूलाई
आफ्नो
भाषामा
आरोप
बुझ्न
पाउने
वा
वयान
दिन
पाउने
ऐन
निर्माण
गर्ने।
§
राजपत्र
अनंकित
तहको
स्थानीय
पदहरूमा
मातृभाषामा
परीक्षा
दिन
सक्ने
व्यवस्थाका
लागि
आवश्यक
तयारी
गर्ने।
|
मातृभाषाको
संरक्षण
र
सम्वर्द्धनको
लागि
नीति
नियम
तर्जुमा
गर्ने
कार्यक्रम
|
|
(ख)
|
परम्परागत तथा
जातीय
सङ्गठनहरूको
क्षमता
अभिवृद्धि
सम्वन्धी
|
§
रेडियो,
एफ.एम.
स्टेशन,
टीभी,
पत्रिका
जस्ता
सञ्चार
माध्यमहरू
आदिवासी
जनजाति
भाषाहरूमा
सञ्चालन
गर्न
प्रोत्साहित
गर्ने।
|
आमसञ्चार
माध्यममा
मातृभाषाको
प्रयोग।
|
|
(ग)
|
आर्थिक
स्थितिसम्वन्धी
|
§
आदिवासी
जनजातिहरूका
मातृभाषाहरूमा
कृषि
सम्वन्धी
सूचना
प्रचार
प्रसार
गर्ने।
|
मातृभाषामा
सूचना
प्रसार।
|
|
(घ)
|
सामाजिक
स्थिति
सम्वन्धी
|
§
आदिवासी
जनजातिको
जनसंख्याका
बढी
भएका
जिल्लाहरूमा
मातृभाषी
शिक्षक
शिक्षिकाहरू
उत्पादनका
निम्ति
तालिम
कार्यक्रमका
साथै
मातृभाषाहरूमा
अनौपचारिक
शिक्षा
कार्यक्रम
सञ्चालन
गर्ने।
§
लेख्य
परम्परा
भएका
२०
मातृभाषाहरूमा
पठनपाठनको
विषयको
रूपमा
शिक्षा
कार्यक्रम
सञ्चालन
गर्ने।
§
मातृभाषाहरूको
माध्यमबाट
शिक्षा
दिने
पद्धतिलाई
संस्थागत
गर्ने।
अनौपचारिक
शिक्षा
कार्यक्रम
मातृभाषामा
सञ्चालन
गर्ने।
§
राष्ट्रिय
पाठ्यक्रम
तथा
पाठ्य
सामग्रीहरूका
साथै
स्थानीय
विशेष
पाठहरू
विकास
गर्न
आदिवासी
तथा
जनजातिका
इतिहास,
संस्कृति,
दर्शन
तथा
साहित्य
सम्वन्धी
सूचना
संकलन
तथा
अभिलेखीकरण
गर्ने।
§
एक
लाख
जनसंख्या
भन्दा
बढीले
प्रयोग
गर्ने
मातृभाषाहरूमा
स्वास्थ्य,
सरसफाइ
र
वातावरणसम्बन्धी
चेतना
जगाउने
कार्यक्रम
सञ्चालन
गर्ने।
§
आदिवासी
जनजातिको
जनसंख्या
बढी
भएका
क्षेत्रहरूमा
स्वास्थ्य
सेवा
तथा
सुविधाहरू
उपभोग
गर्ने
सिलसिलामा
आदिवासी
जनजाति
महिला
तथा
पुरुषहरूलाई
आउने
सामाजिक
(भाषिक,
क्षेत्रीय
तथा
लैंगिक)
अवरोधहरूको
अभिलेखीकरण
गर्ने।
|
यहाँ
भाषा
प्रयोगका
विभिन्न
क्षेत्रहरूमा
कार्ययोजना
तय
भएको
छ
।
|
|
(ङ)
|
भाषा
र
सँंस्कृतिहरूको
संरक्षण
सम्वन्धी
|
§
लोपोन्मुख
आदिवासी
जनजातिका
भाषा,
सँस्कृतिहरूको
संरक्षण,
सम्वर्द्धन र
सचेतनाका
निम्ति
अध्ययन
अनुसन्धान
कार्यक्रम
सञ्चालन
गर्ने।
§
आदिवासी
जनजातिका
भाषा,
सँस्कृति
तथा
सम्पदाहरूको
संरक्षण,
सम्वर्द्धनका
निम्ति
सन्दर्भ सामग्री
तयार
गर्ने।
§
मृत
प्रायः
तथा
लोपोन्मुख
भाषाहरूको
अभिलेखीकरण
(आधारभूत
व्याकरण
तथा
शब्दकोष
निर्माण,
श्रव्य/श्रव्य
दृश्य
सामाग्री
तयार
आदि)
गर्ने।
§
आदिवासी
जनजातिको
भाषा,
दर्शन
र
सँस्कृतिहरूको
अध्ययन
र
अनुसन्धानका
निम्ति
संस्थागत
व्यवस्था
गर्ने।
|
अध्ययन
अनुसन्धानका
विविभ
पक्षसंग
सम्वन्धित
कार्ययोजना
बनेको
छ।
|
|
१०.
|
अपेक्षित
उपलब्धिहरू
|
§
आदिवासी
जनजातिहरूका
भाषा
र
संस्कृतिहरूलाई
संरक्षण
गरिएको
हुनेछ।
§
भाषा
सम्वन्धी
राष्ट्रिय
नीति
र
संस्कृति
सम्वन्धी राष्ट्रिय
नीति
निर्माण
भएको
हुनेछ।
|
हालसम्म
नेपालको
'राष्ट्रिय
भाषा
नीति'
छैन।
|
|
११
|
अनुमान
तथा
जोखिमहरू
|
§
समावेशी
राज्य
निर्मांणका
निम्ति
मुलुकका
मुख्य
दलहरूको
अडान
यथावत
रहनेछ।
§
आवश्यकता
अनुसार
बजेटको
उपलब्धता
हुनेछ।
|
|
|
१२
|
अनुमानित
बजेट
|
§
योजना
अवधिमा
आदिवासी
जनजाति
सम्वन्धी
कार्यक्रमका
लागि
कम्तिमा
रू.
१५
अर्थ
खर्च
हुने
अनुमान
गरिएको
छ।
|
|
|
१३
|
कार्यान्वयन,
अनुगमन
तथा
मूल्यांकन
व्यवस्था
|
§
कार्यान्वयनः
राज्यको
सबै
तहका
निकायहरूमा
आदिवसी
जनजातिहरूका
सहभागिता
र
प्रतिनिधित्व
बढाउन
र
उनीहरूको
सामाजिक
र
आर्थिक
विकासका
लागि
निर्माण
गरिने
ऐन,
कानुन
र
नीति-निर्देशनहरूको
निर्माण
एवम्
कार्यान्वयन
सरकारको
सम्बन्धित
निकायहरूले
गर्नेछन्।
यी
कार्यहरू
गर्न
आदिबासी
जनजाति
महासंघ
र
आदिबासी
जनजाति
उत्थान
राष्ट्रिय
प्रतिष्ठानले
सहयोगीको
भूमिका
निर्वाह
गर्नेछन्।
§
आदिवासी
जनजातिहरूको
सामाजिक,
शैक्षिक,
आर्थिक
र
सांस्कृतिक
विकास,
उनीहरूको
भाषा,
लिपि,
संस्कृति,
साहित्य,
कला
र
इतिहासको
संरक्षण
तथा
सम्वर्द्धन
र
परम्परागत
ज्ञान,
सीप,
प्रविधि
एवं
विशेष
जानकारीको
संरक्षण
तथा
व्यावसायिक
उपयोग
सम्वन्धी
लक्षित
कार्यक्रमहरू
आदिवासी
जनजाति
उत्थान
राष्ट्रिय
प्रतिष्ठानले
तीन
वर्षीय
अन्तरिम
योजना
अनुरूप
वाषिर्क
रूपमा
तर्जुमा
गरी
कार्यान्वयन
गर्नेछ।
§
राष्ट्रिय
योजना
आयोग
र
आदिवासी
जनजाति
उत्थान
राष्ट्रिय
प्रतिष्ठानले
आदिवासी
जनजाति
उत्थानका
निम्ति
विभिन्न
विषयगत
निकायहरू
मार्फत्
सञ्चालित
कार्यक्रमरूको
प्रगति
समीक्षा
र
प्रभाव
मूल्यांकन
विशेष
व्यवस्था
गरी
गरिनेछ।
§
(जिल्ला
तह
तथा
गाविस
तहको
पनि
व्यवस्था
गरिएको
छ)
|
|
|
तालिका
विकास:
अमृत
योन्जन-तामाङ,
जनवरी
१,
२००७
|
माथिको तालिकाको विवरणबाट के प्रष्ट भएको छ भने अन्तरिम योजनामा मातृभाषाको
बारेमा धेरै योजना बनेका छन्। विगतको समीक्षादेखि लागु गरिने कार्यक्रमको
अनुगमन र मूल्याङ्कनसम्मको जानकारी माथि प्रस्तुत भएको छ। विशेष गरी बुँदा
नं. ९ को 'प्रमुख कार्यक्रम' हेर्दा धेरै कार्यक्रम तय गरिएको देखिन्छ।
हुनतः केके कुन कुन मन्त्रालय, विभाग र निकायहरूले केके गर्ने बारेको
विस्तृत कार्यक्रम प्रकाशनमा आइसकेको छैन तर पनि यी कार्यक्रमहरू खदिलो छन्
र 'हाती आयो हाती आयो फुस्स' को स्थितिमा नपुगोस् भनेर हामीहरू चनाखो हुन
पर्दछ भन्ने मेरा आशाय रहेको छ। यी कार्यक्रमहरू सबैले थाहा पाउन र थाहा
दिन तथा आआफ्ना प्रतिक्रिया सार्जनिक गरिनु पनि अत्यावश्यक छ।
माथिका कार्यक्रमहरू केलाएर हेर्दा राष्ट्रिय योजना आयोगले तीन वर्षे
अन्तरिम योजनामा मातृभाषा प्रयोगका निम्न क्षेत्रहरू पहिचान गरेको छ,
जस्तैः
औपचारिक शिक्षा क्षेत्रमा मातृभाषा (माध्यमको रूपमा र विषयको रुपमा पनि)
को प्रयोग
अनौपचारिक शिक्षाको क्षेत्रमा मातृभाषामाको प्रयोग
स्थानीय स्तरको सरकारी कामकाजमा मातृभाषाको प्रयोग
अदालत वा न्यायिक निकायमा मातृभाषाको प्रयोग
स्थानीय पदपूर्ति गर्दा मातृभाषामा परीक्षा लिने व्यवस्था
सञ्चार माध्यमहरू (पत्रपत्रिका, रेडियो-एफएम, टिभि) मा मातृभाषाको
प्रयोगविस्तार
स्वास्थ्य, सरसफाइ र वातावरण, कृषि सम्वन्धी जनचासोको सूचना मातृभाषामा
प्रचारप्रसार तथा प्रकाशन
मातृभाषा शिक्षक/शिक्षिकाको दरबन्दी र मातृभाषामा तालिमको व्यवस्था
यस अतिरिक्त राष्ट्रिय स्तरमा पाठ्यक्रम तथा पाठ्य सामग्रीहरूका साथै
स्थानीय स्तरमा विशेष पाठहरू विकास गर्न आदिवासी तथा जनजातिका इतिहास,
संस्कृति, दर्शन तथा साहित्य सम्वन्धी सूचना संकलन गरी अभिलेखीकरण गर्ने
योजना पनि देखिन्छ अर्थात् यहाँ पुस्तकको विषयवस्तु (Content) तिर पनि यसले
ध्यान पुर्याएको छ।
यसै गरी लोपोन्मुख आदिवासी जनजातिका भाषा, सँस्कृतिहरूको संरक्षण,
सम्वर्द्धन र सचेतनाका निम्ति अध्ययन अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने,
आदिवासी जनजातिका भाषा, सँस्कृति तथा सम्पदाहरूको संरक्षण, सर्म्बर्द्धनका
निम्ति सन्दर्भ सामग्री तयार गर्ने र मृतप्रायः तथा लोपोन्मुख भाषाहरूको
अभिलेखीकरण (आधारभूत व्याकरण तथा शब्दकोष निर्माण, श्रव्य/श्रव्य दृश्य
सामग्री तयार आदि) गर्ने र आदिबासी जनजातिको भाषा, दर्शन र सँस्कृतिहरूको
अध्ययन र अनुसन्धानका निम्ति संस्थागत व्यवस्था (Institute for Indigeneous
Studies) गर्ने योजना पनि तय गरेको छ।
यसका साथै आदिवासी जनजातिका भाषा र सँस्कृतिहरूको संरक्षण र सम्वर्द्धनका
निम्ति दीर्घकालीन गुरुयोजना बनाई क्रमशः कार्यान्वयन गर्ने, शिक्षामा
त्रैभाषिक नीति निर्माण गर्ने, बहुभाषिक शिक्षाको पर््रवर्द्धन गर्ने नीति
तय गरिनुका साथै भाषा सम्वन्धी राष्ट्रिय नीति निर्माण गर्ने योजना पनि
बनाएको देखिन्छ।
यी कार्यक्रम कार्यन्वयनको लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय
प्रतिष्ठानले तीन वर्षीय अन्तरिम योजना अनुरूप वाषिर्क रूपमा कार्यक्रम
तर्जुमा गर्ने र मन्त्रालय/विभाग र शाखाहरू तथा स्थानीय निकाहरूबाट
कार्यान्वयन हुने र कार्यक्रम कार्यान्वयन गर्दा नेपाल आदिवासी जनजाति
महासंघ र जातीय संघसंस्थाहरूले साझेदारीका रूपमा भूमिका निर्वाह गर्ने
व्यवस्था छ। यसरी कार्यक्रम निर्माण तथा कार्यान्वयनमा समेत जातीय
संघसंस्थाको भूमिकालाई स्वीकारेको छ।
सञ्चालित कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनको पनि व्यवस्था छ। यसको लागि
राष्ट्रिय योजना आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले
सञ्चालित कार्यक्रमहरूको प्रगति समीक्षा र प्रभाव मूल्याङ्कन गर्ने र
जिल्ला तथा गाविस स्तरमा पनि नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् र
आदिवासी जनजाति जिल्ला समन्वय परिषद्को सहभागीता कार्यक्रमको
प्रभावकारिताको मूल्याङ्कन गरिने व्यवस्था गरिएको छ।
यसरी हेर्दा अन्तरिम योजनाले मातृभाषाको संरक्षण र विकासको लागि गहन कार्य
गर्न खोजेको देखिन्छ। कार्यकर्मको आधारमा हेर्दा यसलाई अहिले नै झटारो हानी
हाल्नु पर्ने वा सरापी हाल्नु पर्ने देखिएन। बरू आदिवासी जनजाति उत्थान
राष्ट्रिय प्रतिष्ठानले के कस्ता वाषिर्क कार्यक्रम तय गरे, जातीय
संघसंस्थालाई साझेदारी बनाए वा बनाएनन् र ती कार्यक्रम समयमै सञ्चालन भयो
भएन भनेर त्यसको निरिक्षण गर्दै उपलब्धि प्राप्तिको लागि आदिवासी जनजातिका
बौद्धिक समाज र संघसंस्थाहरू सधैं सजक हुनु आवश्यक छ, ग्यापहरू खोजिनु
पर्दछ। नत्र समावेशी हुन नसकेका सरकारी संयन्त्रले आलटाल र वेवास्ता गर्न
सक्दछ र तुहाउन पनि सक्दछ। यसको लागि चनाखो भएर भाषिक मानव अधिकार
सुनिश्चिताको लागि कार्यक्रमलाई आआफ्नो भाषिक समुदायको हितमा पार्नु पर्दछ
किनकि राज्यको शक्ति (Power) र स्रोतसाधन (Resources) मा न्यायोचित
साझेदारी (Rightful Sharing) सुनिश्चित गरी 'न्यायपूर्ण र समतामूलक समाजको
सिर्जना गर्न' मातृभाषीहरू नै सक्रिय हुन आवश्यक छ र भाषिक मानव अधिकार
सुरक्षित हुने अवसर प्राप्तिको लागि कम्मर कसी हाल्नु कस्नु पर्दछ?
पाठकसंग थप कुरा। मातृभाषासंगैको यात्राको क्रममा
लेखिएको यो चौथो प्रस्तुति हो। यहाँसम्म मैले नेपालमा मातृभाषा विकासको
लागि जिम्मेवार संघसंस्था/स्रोतकेन्द्रहरू र ती केन्द्रहरूले मातृभाषा
विकासका लागि व्यवस्था गरेका नीति नियम तथा कार्यक्रममा कसरी पहुँच बढाउने
सम्वन्धमा चर्चा गरे। यसै गरी अन्तरिम संविधान र अन्तरिम योजनमा भएको भाषिक
व्यवस्था, नीति, कार्यनीति र कार्यक्रमको बारेमा पनि चर्चा भयो। यी सबै
जनचाहना आपूर्ति (Supply) गर्ने स्रोतकेन्द्रहरू हुन् र भविष्यमा यस्ता
आपूर्ति संस्थाहरू भेटिए प्रस्तुत गर्नेछु। अर्को अंकदेखि माग (Demand)
पक्षको बारेमा विशेष गरी भाषिक मानव अधिकार प्राप्तिको विविध पक्षमा
जानकारी प्रस्तुत गर्नेछु। पाठकहरूकै हितको लागि यो स्तंभ प्रारम्भ भएको
हुनाले यहाँहरूलाई कस्तो भाषिक सामग्री उपयोगी लाग्छ र मेरा प्रस्तुतिहरू
कस्तो लागिरहेको छ, प्रतिक्रिया लेखेर परिष्कित हुने मौका दिनु हुनेछ भन्ने
आसाका साथ। धन्यवाद।
३ जनवरी, २००७
Amrit
Yonjan-Tamang
is a linguist, author of many books & now
National Technical Advisor (NTA) in Multilingual Education Program,
Inclusive Section, Department of Education,
Ministry of Education and Sports, GON,
Sanothimi, Bhaktapur, Nepal.
Comments? Write him at:
amrityonjan@yahoo.com
भाषाशास्त्री
अमृत
योञ्जन-तामाङको मातृभाषाबारे लेख नियमित
प्रकाशित हुनेछ।
हरेक साता शुक्रवार वहाँले लेख्नुहुने
हाम्रो बोली
पढ्न
नभुल्नुहोला।
भाषाशास्त्री अमृत योञ्जन तामाङका
पुराना लेखहरु Archive:
हाम्रो बोली-१:
'मातृभाषासगैको यात्रा-१:
शिखरतिरको चढाई भर्खर
सुरु'
हाम्रो बोली-२:
‘मातृभाषामा
शिक्षा
फड्को
मानं
सकिन्छ':
नेपालमा बोलिने १४३ भाषामा पाठ्य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ
हाम्रो बोली-३:
अन्तरिम
संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट
हाम्रो बोली-४:
मातृभाषा
विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ?
हाम्रो बोली-५:
संघीय
व्यवस्थामा भाषाको राजनीति
हाम्रो बोली-६:
भाषिक
मानव
अधिकारका
संदभंहरु
हाम्रो बोली-७:
'आदिवासीको लागि भाषा, संस्कृति
र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भन
|