यस भित्रका खुराकहरु:
संपादकीय Editorial

साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story/News
स्था‍नीय खबरहर
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Face of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहर
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहर
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कवित Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


Miscellaneous
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs



















































































































































































































































































































































Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap
Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links
 


Local:    Kathmandu:
News from your web home at the capital of the world-New York City

भाषाशास्‍त्री अमृत योञ्‍जन‌-तामाङको मातृभाषाबारे हाम्रो बोली-

यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट टाइप
Nepali Unicode Font Type

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
Annapurna Post

Gorkha Patra
Kantipur
Khoj Talash
Mahanagar

Naya Patrika
Nepal Samacharpatra
Rajdhani
The Himalaya Times
The Kathmandu Post
The Rising Nepal
More»

साप्‍ताहिक Weekly
Budhbar
Deshantar
Drishti
Ghatna Ra Bichar
Jana Astha
Janadesh
Jana Dharana
Nepali Times
Saptahik
Vimarsha
More»

Other Media
Himal Khabar
Kamana
Sadhana
More»


Nepali Radio/F.M./TV
BBC Nepali
BFBS Gurkha HK
CA-Ne Vision
China Nepali
Hits FM
Kantipur FM
Kantipur TV
Namaste Canada
Nepali Radio NYC
Nepal 1 TV
Nepal Television NTV
NITV Network
Radio Dobhan USA
Radio Nepal
Radio Sagarmatha
Sagarmatha TV USA
More»


Nepali Online Portals
नेपाली अन‍लाइन्‌ पोटंल
BestNepaliSites.Com
EuroNepalOnline.Com
Gurungs.Org
Himal Khabar
HimalOnline.Com
HKNepal.Com
Janajati.Com
Janajati.Org
KantipurOnline.Com
KiratiSaathi.Com
Kirats.Com
Magar.Org
Tamang.Com
TamangSamaj.Com
NepalBizNews.Com
NepalDirectory.Org
NepalJapan.Com
NepalNews.Com
NepalVista.Com
SimplyNepal.Com
WebLali.Com
Weeklynepal.Com
More»

























































































































































































































































































































मातृभाषासंगैको यात्रा-३:
अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट
राज्यले पहिलो पल्ट भाषिक समानताको आधारमा सबै मातृभाषालाई 'राष्ट्र भाषा' को रूपमा स्वीकारेको
यसभन्दा अगाडिका वटै संविधानहरू (२००४, २००७, २०१५, २०१९ २०४७) मा यस्तो व्यवस्था थिएन

तत्कालिन प्रधानमन्त्री कृष्णप्रशाद भट्टराईद्वारा शंखनाद भएको थियो - 'विश्वकै उत्कृष्ट संविधान' भनेर तर यो संविधानले पाँच वर्ष विताउन नपाउदै शसस्त्र द्वन्द्वको मार खेप्न पर्यो र एक दशकसम्म थाङ्नामा गुटमुटिएको इतिहास ताजै छ।

यो लेख PDF फाइलमा पढ्न यहाँ क्लिक गर्नुहोस्
PDF फाइल पढ्न Acrobat Reader चहिन्छ्, यदि छैन भने फ्री डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोस

. अन्तरिम संविधान-२०६३ लागु भएपछिको अवस्था

अन्तरिम संविधान २०६३ लागु भइसकेको अवस्था छ। मूलधारका सत्तारुढ सात दल र नेकपा माओवादीबीच निकै लामो समयसम्मको गृहकार्यपछि सहमति भएको 'अन्तरिम संविधान २०६३' अन्तरिम विधायक-संसदबाट जस्ताको तस्तै पारित भएर २०६३ साल माघ १ गतेदेखि जारी भयो। नेपालका आदिवासी जनजातिहरूले आशा गरे अनुरुपको यो संविधान देखिएन र उनीहरूले दिएका सुझावहरू पनि समाहित भएका पाएनन् भनेर आदिवासीहरूको गुनासो पोखेका छन्। तर्सथ आदिवासी जनजाति र तराईका मधिसे समुदायले यस संविधानप्रति असंतुष्ट प्रकट मात्र गरेनन्, संविधान लागु भएकै दिनदेखि आन्दोलनमा  उत्रे र सर्वजनिक स्थलहरूमा संविधानका प्रतिहरू जलाए पनि। मधेसी जनआन्दोलन फोरम र आदिवासी जनजातिको आव्हानमा भएको आन्दोलनलाई सम्वोधन गर्न 'संघात्मक राज्य' थपेर संविधान संशोधन पनि गरिएको छ। तर पनि सम्वन्धित पक्षलाई बेवस्ता गरी संशोधन गरिएकोले जनजाति र मधेशी आन्दोलन थामिएको छैन र जारी नै छ।1

जनआन्दोलन-१ ले निर्माण गरेको नेपाल अधिराज्यको संविधान-२०४६ लागु भएपछि तत्कालिन प्रधानमन्त्री कृष्णप्रशाद भट्टराईद्वारा शंखनाद भएको थियो - 'विश्वकै उत्कृष्ट संविधान' भनेर तर यो संविधानले पाँच वर्ष विताउन नपाउदै शसस्त्र द्वन्द्वको मार खेप्न पर्यो र एक दशकसम्म थाङ्नामा गुटमुटिएको इतिहास ताजै छ। यसै गरी १० वर्ष लामो सशस्त्र वर्गीय द्वन्द्वको उपलब्धि मानिएको र राष्ट्रिय मूलधारका आठदलको सहमतिमा लागु भएको यो संविधान पनि उत्कृष्टताको शंखनाद हुन नपाउदै, पारित भएको एकहप्ता पनि नवित्दै संशोधन प्रक्रियाबाट गुज्रिनु पर्यो र दोस्रो संशोधन भएर पनि पहिचानको आन्दोलनलाई सही सम्वोधन गर्न सकेको
छैन ।

यसै परिप्रेक्ष्यमा यस अन्तरिम संविधानमा भाषा सम्वन्धी के कस्ता धारा-उपधाराहरूको व्यवस्था छन् र ती धाराहरू के कस्ता सन्दर्भमा उल्लेख गरिएका छन् आदि बारेमा यो प्रस्तुति केन्द्रित रहेको छ र आदिवासी जनजातिहरूको दृष्टिकोण प्रस्तुत गरिने प्रयास भएको छ।

. अन्तरिम संविधान २०६३ मा भएका भाषिक व्यवस्थाहरू

यस आठदलको सहमति र व्यवस्थापिका संसदद्वारा पारित 'अन्तरिम संविधान-२०६३' मा भाषिक व्यवस्था तथा भाषिक सर्न्दर्भहरू निम्न रहेका छन् :

.  'बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त ...... राष्ट्र हो।' (धारा ३)

.  'नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्।' (धारा ४.)

.  'देवनागरी लिपिमा नेपालीभाषा सरकारी कामकाजको भाषा हुनेछ।' (धारा ४.)

.  'उपधारा (४.) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोग गर्न कुनै बाधा पुर्याएको मानिने छैन। त्यसरी प्रयोग गरिएको भाषालाई राज्यले सरकारी कामकाजको भाषामा रुपान्तर गरी अभिलेख राख्नेछ।' (धारा ४.)

.  'सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म, वर्ण, लिङ्ग, जात, जाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन।' (धारा १३.)

.  'राज्यले नागरिकहरूका वीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन।' (धारा १३.)

.  'प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ।' (धारा १७.)

.  'नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, साँस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवर्द्धन गर्ने हक हुनेछ'। (१७.)

यस अतिरिक्त 'भाग- 'राज्यको दायित्व, निर्देशक सिद्धान्त तथा नीतिहरू'मा पनि भाषासम्वन्धी विविध व्यवस्था छ2 तर यी भाग ४ का धाराहरू लागु गर्न नेपाल सरकार वाध्य नहुने र कानुनी उपचार पनि नहुन3 हुनाले नागरिकको आँखामा छारो हाल्ने ती धाराहरू यहाँ उल्लेख गरिरहन आवश्यक ठानिन।

. अन्तरिम संविधान २०६३ मा भएका भाषिक व्यवस्था:- आदिवासी जनजातिको आँखामा

. 'अन्तरिम संविधान २०६३' मा भाषा सम्वन्धी सबल पक्षहरू

यस संविधानमा मातृभाषासम्वन्धी सबल पक्षहरू धेरै छन्। नेपाललाई 'बहुभाषिक राष्ट्रको रूपमा स्वीकारेको छ (धारा ३) र आआफ्ना भाषा र लिपिको संरक्षण र संवर्द्धन गर्ने हक प्रदान गरेको छ। राज्यले पहिलो पल्ट भाषिक समानताको आधारमा सबै मातृभाषालाई 'राष्ट्र भाषा' को रूपमा स्वीकारेको छ (धारा ४.) र स्थानीय निकाय तथा कार्यालयमा पनि मातृभाषाको प्रयोग सरकारी कामकाजको भाषाको रूपमा गर्न सकिने व्यवस्था पनि गरेको छ (धारा ४.)। यसैगरी भाषाको आधारमा पनि कुनै भेदभाव नगरिने (धारा १३.२ र १३.) ग्यारेन्टी पहिलो पल्ट यस संविधानले गरेको छ। यसभन्दा अगाडिका ५ वटै संविधानहरू (२००४, २००७, २०१५, २०१९ र २०४७) मा यस्तो व्यवस्था थिएन (हेर्नोस् तालिका-)। यस आधारमा हेर्दा पहिलेका संविधानहरूभन्दा अन्तरिम संविधान निकै उत्साहजनक तथा जाँगरिलो देखिन्छ र केही हदसम्म न्यायपूर्ण् पनि देखिन्छ। यी धाराहरूमा आदिवासी जनजतिहरूले विमति जाहेर गरेका छैनन्।

.२ अन्तरिम संविधान २०६३ का भाषा सम्वन्धि केही असहमत पक्षहरू

यस संविधानका केही कमसहमत वा असहमत पक्ष पनि छन् र धारा ४., .३ र १७.१ लाई उदाहरणको रूपमा औंल्याएका छन्। यी धाराहरूको उल्लेख व्याख्यासहित तल प्रस्तुत गरिएको छ ::

'देवनागरी लिपिमा नेपालीभाषा सरकारी कामकाजको भाषा हुनेछ' (धारा ४.)। यस धाराले नेपाली भाषालाई मात्र सरकारी कामकाजको भाषा बनाएको छ र अन्य मातृभाषाहरूलाई यो कार्य गर्नबाट वञ्चित गराएको छ र यो नै ठूलो विभेद हो। यस संविधानले पनि सबै भाषालाई समान न्याय दिन सकेको छैन। नेपालीभाषालाई मात्र यो अधिकार किन र अन्यलाई किन नदिने ? 'सबै भाषा समान छन्' भन्ने अवधारणा अनुसार नेपालका सबै भाषाहरूलाई यो अधिकार प्रदान गर्नु पर्दथ्यो, दिइएन। यसर्थ यो धारा विभेदकारी छ।

तर 'उपधारा (४.) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्थानीय निकाय तथा कार्यालयमा मातृभाषा प्रयोग गर्न कुनै बाधा पुर्याएको मानिने छैन। त्यसरी प्रयोग गरिएको भाषालाई राज्यले सरकारी कामकाजको भाषामा रुपान्तर गरी अभिलेख राख्नेछ' (धारा ४.) भन्ने संकथनमा पहिलो वाक्यले सबै मातृभाषाप्रति सक्षमताको आधारमा न्याय दिन खोजेको देखिन्छ। राष्ट्रिय तहमा सरकारी कामकाजको भाषा हुन नसकेता पनि आआफ्ना क्षेत्रमा मातृभाषाको प्रयोग गर्न सकिने व्यवस्था यस धाराको पहिलो वाक्यले गरेको देखिन्छ। यसलाई राम्रो मानेका छन्।

तर यस धाराको दोस्रो वाक्यले मातृभाषाका वक्तालाई शंकाको दृष्टिले हेरेको छ। खानीमा काम गर्नेक्रममा मगर, छन्त्याल लगायतका आदिवासी जनजातिहरूलाई मातृभाषा बोल्न नदिएको कारणले कैयौं आदिवासीहरूले आआफ्नो मातृभाषा गुमाउनु परेको इतिहास साक्षी छ। पञ्चायत काल र द्वन्द्वकालमा पनि टेलिफोन वा सुरक्षा निकायमा रहेको अवस्थामा मातृभाषामा कुराकानी गर्दा सरकारले मातृभाषामा बोल्न दिदैन थिए। मातृभाषा बोल्नेहरूप्रति राज्यले जहिले पनि शंकाको दृष्टिले हेर्नेगर्दथ्यो र हेर्यो पनि।

तालिका १:  नेपालमा संवैधानिक प्रावधानहरूमा भाषिक विभेदीकरणको समयरेखा (Timeline)

साल

संविधानहरू

भाषिक व्यवस्था

प्रभाव/असर

२००४

नेपाल सरकारको  वैधानिक-कानुन २००४

§  'व्यवस्थापक सभाका सबै कुराकानी छलफल इत्यादि राष्ट्रभाषा नेपालीमा नै हुनेछ।' (धारा ४४)

यसलाई पहिलो संविधान मानिएको छ। यो सविधान भाषिक विभेदको स्रोत बन्यो। यस विभेदित मानसिकताले लोकतन्त्रसम्म निरन्तरता पायो।

२००७

नेपाल अन्तरिम शासन विधान २००७

§  'राज्यले धर्म, जाति, जात (वर्ण), लिङ्ग, जन्मस्थान वा यस्ता कुनै विषयका आधारमा कुनै नागरिकलाई भेदभाव गर्ने छैन' (धारा १४.)

यहाँ 'भाषा' शब्द जानीजानी राखिएन। मातृभाषीहरूलाई भाषाको आधारमा विभेद गर्न सकिने राणाकालिन प्रावधानलाई यसले निरन्तरता दियो। मातृभाषीहरू नेपालीकरण (Nepalization) को मारमा पर्यो।

२०१५

नेपाल अधिराज्यको संविधान २०१५

§  'सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिक माथि धर्म, वर्ण, लिंग, तथा जातजातिका आधारमा भेदभाव गरिने छैन ।' (धारा ४.)

§  'सरकारी सेवाको नियुक्तिमा कुनै पनि नागरिक माथि केवल धर्म, वर्ण, जातजातिका आधारमा भेदभाव हुने  छैन  तथा स्त्री, पुरुष दुवै थरीका लागि खुला रहेको सरकारी नोकरीको हकमा लिङ्गको आधारमा पनि भेदभाव हुने छैन।' (धारा ४.)

प्रजातन्त्रकालमा बनेको यस  संविधानले पनि भाषिक विभेदलाई निरन्तरता दियो र मातृभाषीप्रति नकरात्मक दृष्टिकोणको बनाउन सहयोग पुर्यायो। विद्यालयको प्रांगणमा समेत मातृभाषा बोल्न नपाउने गरी बनेको शिक्षा आयोगको प्रतिवेदन (२०११) लाई संवैधानिक बनाएर मातृभाषाप्रति घृणा जगाउने शिक्षाको विकास गरायो।

२०१९

नेपालको संविधान-२०१९

§  'सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म, वर्ण, लिङ्ग, जात, जाति वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन।' (धारा १०.)

§  'सरकारी सेवा वा अरु कुनै र्सार्वजनिक सेवाको नियुक्तिमा कुनै पनि नागरिक माथि केवल धर्म, वर्ण, लिङ्ग, जात, जाति वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव हुने छैन।' (धारा १०.)

भाषाको आधारमा मातृभाषीको  विभेद यथावतै रह्यो, एक भाषा एक भेषको नाराको सूत्रपात् गर्यो। मातृभाषामा रहेका स्थानीय खोलानाला, डाडाँ, भन्ज्याङका साथै आदिवासी बालबालिकाको नामको पनि  नेपालीकरण गर्न थालियो।

२०४६

नेपाल अधिराज्यको संविधान, २०४७

§  'सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म, वर्ण, लिंग, जात, जाति वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन।' (धारा ११.) 

§  'राज्यले नागरिकहरूका बीच धर्म, वर्ण,  लिङ्ग, जात जाति वा वैचारिक आस्था वा ती मध्ये कुनै कुराका आधारमा भेदभाव गरिने छैन।' (धारा ११.)

यस संविधानले पनि आफ्नो पर्ूखाको बिडो थाम्यो। वैचारिक आस्था थपियो तर भाषा थपिएन। नेपालीकरणको प्रक्रियालाई यस संविधानले झनै संस्थागत गर्यो।

२०६३

अन्तरिम संविधान-२०६३

§  'सामान्य कानुनको प्रयोगमा कुनै पनि नागरिकमाथि धर्म, वर्ण्र्ाालिङ्ग, जात, जाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन।' (धारा १३.)

§  'राज्यले नागरिकहरूका वीच धर्म, वर्ण, जात, जाति, लिङ्ग, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा तीमध्ये कुनै कुराको आधारमा भेदभाव गरिने छैन।' (धारा १३.)

नेपालको सम्वैधानिक इतिहासमा पहिलो पल्ट भाषाको आधारमा विभेद नगरिने संवैधानिक ग्यारेन्टी गरिएको छ। मौलिक हकमा नै यो व्यवस्था भएकोले राज्यपक्ष मातृभाषामा शिक्षाको लागि सैद्धान्तिक रूपमा तयार भएका छन्। मानसिक रूपले तयार छन् भनेर भन्न सकिन्न।

लोकतन्त्र स्थापनापछि पनि राज्यले आफ्नो नागरिकप्रति यसरी शंकाले हेर्नु भनेको राणाकालिन वा पञ्चायतकालिन प्रवृत्ति अझै पनि जीवितै छ भन्नु हो। राज्यले मातृभाषी नागरिकलाई शंकाको धेरामा राखेको होइन र शासक जातिको प्रवृत्ति त्यस्तो होइन भने किन नेपाली भाषामा रूपान्तर गर्नु पर्यो त ? यसको आशाय राम्रो छ भने स्प्रष्टीकरण हुनु पर्दथ्यो।

यसको अर्को भित्रीपक्ष पनि हुनसक्छ - त्यो हो खस-नेपालीभाषीलाई रोजगारीको व्यवस्था मिलाउनु र आदिवासी जनजातिले के गर्दैछ भनेर गुप्तचरीको कार्य सौंप्नु। यस आधारमा हेर्दा नेपालका सबै गाविस र नगरपालिकामा एकएक जनाको दरले पनि लगभग ४,००० खसनेपालीले नेपाली भाषामा रूपान्तरको नाउँमा नियुक्ति भएर आदिवासी जनजातिविरुद्ध राज्यको पक्षमा जासुसी गर्न लगाउने छन् र घुमाइफिराइ पुनः आदिवासी जनजातिलाई षड्यन्त्रमा पार्ने छन् र हाम्रो स्थिति जहीको त्यही हुनेछ भन्नेहरू पनि रहेका छन्।

यसै गरी 'प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ' (धारा १७.)। यस धाराले मातृभाषीलाई आफ्नो मातृभाषामा शिक्षा पाउने हकबाट वञ्चित गर्न खोजिएको छ। 'आधारभूत शिक्षा' भनेको के हो कतै खुलेको छैन। आधारभूतको अर्थ साक्षरता कक्षा, निम्न प्राथमिक वा प्राथमिकतहसम्म सोंचेको हुन सक्दछ। प्राथमिक तहसम्म विद्यालय खोलेर मातृभाषामा पढन पाउने अधिकार त २०४७ सालको संविधानले नै दिएको हो। जुनसुकै तहसम्मको मातृभाषामा शिक्षा पाइने व्यवस्था गर्दा राज्यलाई माइग्रेन नुहुनु पर्ने हो - यसले शासक जातिको नियत प्रष्ट भएको छ र मातृभाषामा शिक्षा पाउने हकअधिकारबाट बञ्चित गराउने दुष्प्रयास भएको छ भन्ने झिनो स्वर पनि सुनिन्छ।

. अन्तरिम संविधानमा समाहितको लागि आदिवासी जनजातिले उठाएका भाषिक मागहरू

आन्दोलनरत् पक्षहरू:

आदिवासी जनजाति आन्दोलनमा हाल दुइ वटा गठबन्धन आन्दोलनरत् देखिएको छ:

गठवन्धन १: यस गन्ठबन्धनमा (क) नेपाल आदिवासी जनजाति महासंघ, (ख) आदिवासी जनजाति महिला महासंघ, (ग) आदिवासी संयुक्त संर्घष् समिति र (घ) आदिवासी जनजाति विद्यार्थी समुह रहेका छन्। यस गठवन्धनले विभिन्न चरणको आन्दोलनको कार्यक्रम तय गरेर आन्दोलनमा उत्रने गरेका छन्।

गठवन्धन २: आदिवासी तथा जनजाति गैरसरकारी संस्था महासंघमा आवद्ध ११ वटा आदिवासी जनजाति संघसंस्थाहरू4, जस्तै - बान्तावा, चाम्लिङ, कुलुङ, थुलुङ, साङपाङ, नाछिरिङ, वाहिङ, याम्फु, लोहोरूङ, जेरूङ र आठपहरियाले पनि नेपाल सरकारका सम्वन्धित निकाय र संयुक्त राष्ट्र संघीय नियोगहरूलाई भेटी उनीहरू समक्ष आफ्नो माग राख्ने गरेका छन्।

यी दुवै गठवन्धन एक अर्काको विरोधी छैनन्, एकले अर्कोले गरेको आन्दोलनको आव्हानमा भाग लिने गरेका छन्।

अहिलेको संविधानमा संशोधनको लागि निम्न आवाजहरू उठाएका छन् :

  • मानव अधिकारको विश्वव्यापी सर्वमान्य सिद्धान्त र 'सबै भाषा समान छन्' भन्ने भाषावैज्ञानिक मानव अधिकार  (Linguistics Human Right) को सिद्धान्त अनुसार 'समान भाषिक अधिकार'को व्यवस्था हुनु पर्दछ।
  • सबै मातृभाषालाई आआफ्नो पहुँचको सबै तहमा 'सरकारी कामकाजको भाषा' बनाउनु पर्दछ।
  • 'मातृभाषामा उच्च शिक्षा वा जुनसुकै तहको शिक्षा' प्रास गर्न पाइने अधिकारको व्यवस्था गर्नु पर्दछ।
  • मातृभाषामा लेखिएका कागजपत्र नेपाली भाषामा रूपान्तर गर्ने संवैधानिक प्रावधानलाई हटाइनु पर्दछ।
  • नेपालका सबै भाषालाई 'नेपाली भाषा' भन्ने वाक्यांश थप्ने, जस्तै नेपालीतामाङ भाषा, नेपालीमगर भाषा आदि र राज्यले भन्दै आएको 'नेपाली भाषा' पदावलीको सट्टा 'नेपाली खस भाषा' वा अन्य कुनै उपयुक्त नाम राखिनु पर्दछ।
  • राज्यले त्रैभाषिक वा बहुभाषिक नीति लागु गरिनु पर्दछ - एक वा दुइ स्थानीय भाषा, एक सम्पर्क भाषा र एक अन्तर्रास्टृय भाषा।
  • आआफ्ना मातृभाषामा सुसुचित हुन पाउने मौलिक हकको व्यवस्था हुनु पर्दछ।
  • अदालतमा व्यक्तिले चाहेको भाषामा आफ्नै मातृभाषामा बयान दिन पाउने व्यवस्था हुनु पर्दछ।
  • प्रशासनिक सेवामा प्रवेशको लगि लोकसेवामा मातृभाषामा जाँच दिन पाउने व्यवस्था हुनु पर्दछ।
  • लोपवान् भाषाहरूको संरक्षण र अत्यन्त लोपवान् भाषाहरू संरक्षण र संवर्द्धन गरिने व्यवस्था हुनु पर्दछ आदि।
  • मातृभाषा तथा मातृभाषामा शिक्षा सम्वन्धी अन्तर्रर्ट्रय महासन्धीहरूको पालना गरिनु पर्दछ।

यस अतिरिक्त गठवन्धन २ का भाषिक समुदायले निम्न मागहरू पनि राखेका छन्

  • एकलाख जनसंख्याभन्दा कम भएका भाषागत समुदायहरूलाई संविधानसभामा न्यूनतम एक प्रतिनिधि सहभागी गराउने राजनीतिक व्यवस्था अन्तरिम संविधान २०६३ मा उल्लेख गरिनु पर्दछ।
  • मातृभाषा भएका हरेक समुदायले आआफ्नो संस्कृति, अस्तित्व र मर्यादाका लागि स्वपहिचानको माग गर्दछ भने त्यसलाई राज्यले नि‌‌:शर्त मान्यता दिनपर्दछ।
  • राज्यको पुनर्संरचना उनीहरूको मातृभाषा, संस्कृति र बसोबासको आधारमा गरिनु पर्दछ।
  • अन्तरिम संविधान संविधानसभापछि बनिने संविधानको आधार संविधान पनि हुनेहुनाले यी मागहरूलाई राज्यले अन्तरिमकालमा नै सम्वोधन गरिनु पर्दछ भन्ने उनीहरूको आग्रह रहेको छ।

. निचोड

हाललाई सानातिना झिनामसिना कुरालाई थाती राख्ने हो भने र साकारात्मक सोंचबाट व्याख्या गरिने हो भने अन्तरिम संविधानको भाषा सम्वन्धि संवैधानिक प्रावधान राम्रै छ, साकारात्मक छ र केही हदसम्म स्वागत योग्य पनि छ। सरकारको बानीव्यहोराको ऐतिहासिक दास्तवेज हेर्ने हो भने यो नाटक मात्र हो, विश्वास गर्ने कुनै ठाउँ छैन भन्न पनि सकिन्छ, केही उदाहरण

(१) मानव अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र लगायतका अन्तर्राष्ट्रिय महासन्धीप्रति सहमत जनाउदै भाषिक विभेद हटाउनको लागि कार्य गर्ने भनेर नेपालले हस्ताक्षर गरेको छ र अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रतिवद्धता पनि जाहेर गरेको छ। हालै सम्पन्न नेपाल सरकार र नेकपा माओवादी बीचको शान्ति सम्झौतामा पनि यी सम्झौताको पालना गर्ने भनी प्रतिवद्धता जाहेर गरेको छ। तर कार्यन्वयनमा कहिल्यै जाँगर देखाएनन्। नेपालले प्रतिवद्ध जाहेर गरेको मानव अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र (ई. १९४८) पनि पर्दछ र यहाँ लेखिएको छ:

'जाति, वर्ण्र, लिंग, भाषा, धर्म, राजनैतिक वा अरू विचारहरू, राष्ट्रिय अथवा सामाजिक उत्पत्ति, सम्पत्ति वा अरू कुनै मर्यादाको आधारमा भेदभाव नगरी प्रत्येक व्यक्तिलाई यस घोषणामा उल्लिखित अधिकार र स्वतन्त्रताको अधिकार हुनेछ।' (. १९४८, दिसम्बर १० -२००५ मङ्सिर २५ गते) मानव अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्रको धारा २)

यसप्रति नेपाल सरकार कहिल्यै इमानदार बनेन। प्रतिवद्धता प्रतिवद्धतामा नै सिमित भइरहयो। यहाँसम्म कि युनिसेफ, युनेस्को आदि संयुक्त राष्ट्र संघीय निकायहरू, मानव अधिकारवादी संघसंस्थाहरू पनि 'उही डयाङ' भित्रका हुनाले उनीहरूले पनि भाषिक विभेदबारे कुनै आवाज उठाएनन्। यसै गरी नेपालले मातृभाषाको संरक्षण र प्रयोग सम्वन्धी अन्य पाँच वटा5 सन्धी महासन्धीमा हस्ताक्षर गरेको छ तर कुनै कार्यन्वय भएको थाहा छैन।

 (२) यसैगरी सरकारले २०५० सालमा प्राज्ञ वैरागी काइँलाको संयोजकत्वमा राष्ट्रिय भाषा नीति सुझाव आयोग गठन गर्यो। त्यो प्रतिवेदन शिक्षा मन्त्रालयमै थन्कायो र कुहायो। डा. रामावतार यादव (२०५४) को अध्यक्षतामा राष्ट्रिय भाषामा प्राथमिक शिक्षा समिति गठन गर्यो र सो समितिले २०५९ सम्ममा नेपालका सबै मातृभाषामा शिक्षा लागु गरी सक्ने गरी प्रतिवेदन पेश गर्यो र एक दशकमा मात्र १४ वटा मातृभाषामा मात्र ऐच्छिक पाठ्यक्रम बनाएर टार्यो। पठनपाठनको कुनै व्यवस्था गरेन भने पनि हुन्छ। सर्वोच्च अदालतको निर्णय त मातृभाषीहरूको भावना र आस्थालाई समेत नष्ट पार्ने प्रयास गर्यो।

यी सबै हुँदाहुँदै पनि मातृभाषाको संरक्षण र सम्वर्द्धनमा राज्यको नीति र व्यवहार महत्वपूर्ण हुन्छ। वितेका शताब्दी र दशकहरूमा राज्य कहिल्यै मातृभाषीहरूप्रति इमानदार बन्न सकेन, आदिवासी जनजातिहरूलाई कहिल्यै सुनेन। राज्यले जहिले पनि आफू विजेता र मातृभाषीहरूलाई हारेका रैतीको रूपमा व्यवहार गरे र गर्दै छन्। यस्तै स्थिति र मानसिकता सधैं कामय रहन्छ भन्ने होइन तर 'अगुल्टोदेखि तर्सेको कुकुर बिजुलीदेखि तर्सिन्छ'को स्थितिमा आदिवासी जनजातिहरू छन्। आन्दोलनलाई निरन्तरता दिदै अब यी प्राप्त सिमित संवैधानिक आधिकारलाई पनि लागु गर्नगराउन तिर उन्मुख हुनु आवस्यक छ।

[11. यो छलफलपत्र वि.सं. २०६३ चैत्र १६ गते भाषा सञ्चार, यलामाया केन्द्र, पाटनढोकाको अनुरोधमा प्रस्तुत गरिएको थियो। सान्दर्भिक ठानेर यूएसनेपालअनलाईनडटकमका पाठकहरूका लागि पनि सान्दर्भिक अंश प्रस्तुत गरिएको हो।

[22. 'विभिन्न धर्म, सँस्कृति, जाति, समुदाय, सम्प्रदाय, उत्पत्ति र भाषाभाषीहरूका बीच समानता एवं सहअस्तित्वका आधारमा स्वस्थ र सुमधुर सामाजिक सम्बन्ध विकसित गरी सबैको भाषा, साहित्य, लिपि, कला र संस्कृतिको समान विकासद्धारा देशको सांस्कृतिक विविधता कायम राखी राष्ट्रिय एकतालाई सुदृढ गर्ने नीति राज्यले अवलम्बन गर्नेछ।' (धारा ३५.) आदि ।

3. 'यस भागमा लेखिएका विषयहरू कार्यन्वयन भए वा नभएको सम्वन्धमा कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन '

[44. हालै यस गठवन्धनले 'आदिवासी किरात महासंघ' गठन गरेर कार्य निरन्तरता दिइरहेको छ ।

[55.  नेपालले हस्ताक्षर गरेका केही अन्तर्राष्ट्रिय घोषणापत्र तथा महासन्धीहरू  (a) Convention on the Rights of Child (1999, Articles-30) - 'Right to use his or her own language', (b) International Convenat on Civil and Political Rights (Article-27) - 'Right to use their own language', (c) Declaration on the Rights of the Person belonging to National or Ethnic, Religious and Linguistics Minorities (1992, Articles 1) - 'States shall protect & promote linguistics identity and right to enjoy', (d) Universal Declaration of Human Right (1948, Article-2) 'Right and freedom without any discrimination' and (e) International Convenat on Economic, Social and Cultural Rights (1996, Article-2.2) - 'Right guaranteed without any discrimination.'

पुन:प्रर्स्तुति :२7 डिसेम्वर, २००७

Amrit Yonjan-Tamang is a linguist, author of many books & now National Technical Advisor (NTA) in Multilingual Education Program, Inclusive Section, Department of Education, Ministry of Education and Sports, GON, Sanothimi, Bhaktapur, Nepal. Comments? Write him at: amrityonjan@yahoo.com

भाषाशास्‍त्री अमृत योञ्‍जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्‍नुहुने हाम्रो बोली पढ्‍न नभुल्‍नुहोला।

भाषाशास्‍त्री अमृत योञ्‍जन तामाङका पुराना लेखहरु Archive:
हाम्रो बोली-
: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु'
हाम्रो बोल-: मातृभाषामा शिक्षा फड्को मानं सकिन्': नेपालमा बोलिने १४३ भाषामा पाठ्‍य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ

हाम्रो बोली-: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट
हाम्रो बोली-: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ?
हाम्रो बोली-: संघीय व्यवस्थामा भाषाको राजनीति
हाम्रो बोली-: भाषिक मानव अधिकारका संदभंहरु
हाम्रो बोली-: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड
 
तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. All rights are reserved. URLs: USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com. Developed by eEyeElements®