Local:    Kathmandu:
Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap
English Edition Section

Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल

Feature Story / News
स्था‍नीय खबरहरु
Local News
नेपालका खबरहरु
News from Nepal
अन्‍रांष्‍ट्रीय खबरहरु
International News

साताको अनुहार

Faces of the Week

न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA

समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
बगिंकृत विज्ञापन Classified
पाठक प्रतिकृया
Readers' Comments

पुराना कुराहरु News Archive
Audio Archive
Video Archive


यो वेबसाइट पढ्‍न युनिकोड र प्रीती फन्‍ट Font चाहिन्‍छ:
लेख-रचना र खबर पठाउँदा यि 
दुइटा फन्‍टमा टाइप
 गरी पठाउनुहोला

नेपाली युनिकोड फन्‍ट डाउनलोड
Nepali Unicode Font Download
प्रीती Preeti font Download


बिबिध Miscellaneous

नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs


Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV
नेपाली अन‍लाइन्‌ पोटंल











































































































































































































































































































































भाषाशास्‍त्री अमृत योञ्‍जन‌-तामाङको मातृभाषाबारे हाम्रो बोल-१७

मातृभाषासंगैको यात्रा-१७

नेपालमा कति छन् भाषा वक्ताको संख्या?

एक अध्ययनले नेपालमा १४४ भाषाहरू बोलिन्छन् भन्ने देखाएको छ। नेपालमा बोलिने १०% भाषाहरू ९५% ले वक्ताले बोल्दछन् भने बाँकी ९०% भाषाहरू ५% भन्दा पनि कम वक्ताले बोल्दछन्। ५२ भन्दा बढी भाषाहरू एक हजारभन्दा कम वक्ताले बोल्दछन्। कतिपय भाषाहरूको वक्ता संख्या नै थाहा छैन।

Amrit Yonjan-Tamang

नेपालमा कति भाषा बोलिन्छन्?  

नेपालमा के कति भाषा छन् अर्थात् कति भाषा बोलिन्छन् यसबारे धेरैलाई चासो भएता पनि कुनै आधिकारिक अध्ययन तथा सर्वेक्षण हुन नसकेकोले ट्वाक्क भन्न सकिने अवस्था छैन। राष्ट्रिय जनगणनाका प्रतिवेदनहरू, भाषाशास्त्री भाषाप्रेमीहरूका व्यक्तिगत शोध तथा अध्ययनहरू नै भाषाको संख्या निर्धारण गर्ने आधार बनेको छ। राष्ट्रिय जनगणनाका प्रतिवेदन २००१ ले नेपालमा बोलिने भाषाको संख्या ९२ र अन्य भनी देखाएको छ। यसबाट ९२ भन्दा धेरै भाषा बोलिन्छन् भन्ने हुन्छ । इथ्नोलग २००५ अनुसार १२५ भाषाहरू नेपालमा बोलिन्छन्। हालसम्म प्राप्त सबै आधारहरूलाई केलाएर हेर्दा नेपालमा १२५ देखि २०० भाषा रहेको अनुमान लगाउन सकिन्छ। सन् २००५ मा गरेको मेरो एउटा अध्ययन अनुसार नेपालमा १४४ भाषा बोलिन्छन् (हे. तालिका-)

. भाषिक तथ्यांक भरपर्दो छैन

प्रत्येक १०/१० वर्षमा प्रकाशित जनगणनाको प्रतिवेदनहरूमा राज्यको स्वार्थअनुसार नै भाषाको सङ्ख्या घटबढ हुने गरेको छ। नेपालमा प्रजातन्त्रकालको स्थापना पछि . १९५२ मा जनगणना सम्पन्न भयो यस जनगणनाको प्रतिवेदन अनुसार नेपालमा भाषाको संख्या ४४ थियो तर दोस्रो जनगणना (इ. १९६१) तिर पञ्चायतकाल प्रारम्भ भएको हुनाले सो प्रतिवेदनमा भाषाको संख्या ३३ देखाइएको थियो। पञ्चायतकालमा नेपालीभाषालाई बलियो देखाउनका लागि नेपालीभाषीको संख्या बढाउनु थियो विभिन्न मातृभाषालाई बलीमा चढाएर् . १९७१ मा यो सङ्ख्या १६ मा झार्यो १९८१ मा पनि त्यत्ति नै संख्या कायम राख्यो। तर १९९१ मा भएको जनगणनामा प्रजातन्त्र आइसकेको भएपनि पञ्चायतकालिन धङधङी गएको थिएन भाषाको सङ्ख्या केही बढाएर ३२ देखायो । इ. २००१ मा यो संख्या बढेर ९२ अन्य देखाएको छ। यसरी राज्यको आफ्नै स्वार्थ अनुरुप जनगणनाको तथ्यांक प्रकाशन गर्ने हुनाले केही आदिवासी नेताहरू यी तथ्यांकलाई मिथ्यांक भन्न रूचाउँछन्।

भिन्नभिन्न भाषाशास्त्रीय अध्ययनले पनि नेपालका भाषाहरूको सङ्ख्या फरकफरक मात्र होइन भाषाको नाम पनि फरकफरक नै देखाउने हुनाले नेपालका भाषाहरूको सङ्ख्या निर्धारणमा झनै समस्या देखा परेको छ। यस अन्यौलको समाधानका लागि नै भाषाशास्त्रीहरूले भाषिक र्सर्वेक्षणको माग गर्दै आएका हुन्। यहाँ छलफलको लागि राष्ट्रिय जनगणनाको प्रतिवेदनहरू अन्य प्रमुख भाषिक अध्ययनहरूलाई तालिका- मा प्रस्तुत गरेको छु। 

तालिका नेपालका भाषाहरूको संख्या निर्धारणको समस्या

क्र.सं.

स्रोत

वर्ष

जम्मा भाषा सङ्ख्या

आदिवासी  भाषाहरूको सङ्ख्या

गैरआदिवासी भाषाको  सङ्ख्या

वाह्य मूलका भाषाहरूको सङ्ख्या

०१.

जनगणनाको प्रतिवेदन

१९५२-५४

४४

२३

१७

०२.

जनगणनाको प्रतिवेदन

१९६१

३३

२५

०३.

जनगणनाको प्रतिवेदन

१९७१

१६

१२

-

०४.

जनगणनाको प्रतिवेदन

१०९१

१६

१२

-

०५.

पंचायत स्मारिका-२०४३

१०८६

७५

७१

-

०६.

जनगणनाको प्रतिवेदन

१९९१

३२

२३

०७.

राभानीसुआ प्रतिवेदन-२०५०

१९९४

७१

६५

०८.

जनगणनाको प्रतिवेदन

२००१

९२

६३

२३

०९.

ग्राइम्स 'इथ्नोलग'

२००२

१२५

१०८

१३

१०.

विभिन्न अध्ययनको विश्लेष्णको आधारमा

(हे. तालिका )

२००५

१४४

११५

२३

तालिका विकास : अमृत योन्जन-तामाङ, २००५

तालिका- को भाषिक सूचना हेर्दा के प्रष्ट हुन्छ भने कुनै पनि सूचनामा भरपर्न सकिदैन। प्रत्येकले फरकफरक संख्या प्रस्तुत गरेको यसबाट एउटा संकेत प्रष्ट नेपालमा भाषाको संख्या एक सय भन्दा बढी नै रहेछन् यसको वास्तविक संख्या भाषा र्सर्वेक्षणले दिन सक्दछ यदि भाषा भाषिकाको र्सवमान्य परिभाषा निर्धारण गर्न सकेमा तर भाषा भाषिकाको परिभाषा निर्धारण गर्ने काम त्यत्ति सजिलो छैन जति सोचिन्छ। 

. किरात-राई समुहका भाषाहरूको संख्या

नेपालका भाषाहरूको प्रसङ्ग चल्दा किरातसमूहका भाषाहरूबारे थप चर्चा हुन आवश्यक छ। यी  भाषाहरूबारे हाल केही गहन बहस हुने गरेका छन्। अत्यन्त लोपवान् मृतप्रायः भाषाहरूमा यिनै समूहका भाषाहरू पर्दछन् भने हालसम्मका मृतभाषाहरूको सूचीमा पनि यसै समूहका भाषाहरू परेका छन्। यस समूहमा के कति भाषाहरू छन् यकिन हुन सकेको छैन भिन्नभिन्न प्रतिवेदन विद्वानहरूले भिन्नभिन्न भाषिक सूची प्रस्तुत गरेका छन्।

राष्ट्रिय जनगणनाको प्रतिवेदन २००१ ले २२ भाषाको जानकारी दिएको - () बान्तावा, () चामलिङ, () थुलुङ, () कुलुङ, () खालिङ, () लोहोरुङ, () याम्फुले, () वाहिङ, () उम्बुले, (१०) साम्पाङ, (११) दुमी, (१२) नाछिरिङ, (१३) दुङमाली, (१४) पुमा, (१५) मेवाहाङ, (१६) छिन्ताङ, (१७) जेरुङ, (१८) तिलुङ, (१९) कोयु, (२०) लिङखिम, (२१) छिलिङ (२२) साम।

यस अतिरिक्त इथ्नोलग (२००२) ले थप १० भाषाहरू आफ्नो सूचीमा राखेको - (२३) आठपहरिया, (२४) फाङदुवाली, (२५) मुगाली, (२६) लाम्बिछोङ, (२७) चुक्वा, (२८) वालिङ, (२९) बेल्हारे/बेल्हारिया, (३०) लुम्बायाक्खा, (३१) पोङयोङ) (३२) दक्षिणी लोहोरुङ।

यी भाषाहरूका अतिरिक्त डा. योगेन्द्रप्रशाद यादव अन्य (२०६१) को सूचीमा यी भाषाहरू पनि देखिएका छन् - (३३) खान्दुङ, (३४) बुङ्लो, (३५) साम्ब्या, (३६) पोङयोङ, (३७) बयवांसी, (३८) चोङ्खा, (३९) लोङ्गावा (४०) हेदाङपा।

माथि उल्लेख भएको भाषाको सूचीका अतिरिक्त पञ्चायत स्मारिका (२०४२) यी भाषाहरूको नाम पनि उल्लेख छन् - (४१) पोल्माछा, (४२) खेसाङ, (४३) लुम्बा, (४४) दिमाली, (४५) पाराली, (४६) धुक्मा (पोहिङ) (४७) बाहारिया। यसै गरी किरात यायोक्खा (२०६२) ले प्रस्तुत गरेको २६ भाषाको सूचीमा (४८) सोताङे भाषाको शब्दसूची प्रस्तुत गरेको छ।

यसरी वटा अध्ययनलाई केलाउदा राईकिरात समुहको भाषाको संख्या ४८ हुन आउँछ। यी अध्ययनहरूले देखाएको वास्तविकता यही हो।

'मातृभाषा' सम्बन्धित आदिवासी समुहका संस्कृतिका वाहक मौलिक ज्ञानका भण्डार हुन्। मातृभाषा अहिलो दरो पहिचानको रूपमा उभिएको छ। यसर्थ सम्बन्धित मातृभाषीको दाबीलाई पनि बेवास्ता गर्नु हुदैंन। यी भाषीहरू लामो समयसम्म शासित दमित थिए, आफ्नो पहिचानलाई देखाउन सक्ने अवस्थाामा समेत थिएनन्। तर्सथ यी भाषाहरू कहिले देखिने कहिले दबिने भए अझै कतिपय भाषाहरू पहिचानको खोजीमा हुन सक्दछन्।

. कहाँ कति भाषाहरू बोलिन्छन्?

नेपाल पूर्व-पश्चिम लम्बाइ उत्तर-दक्षिण चौडाइ रहेको छ। नेपालको भूबनोटलाई हिमाल, पहाड, भित्रीमधेस मधेसमा विभाजित गरिएको छ। यिनै भूक्षेत्रमा विभिन्न भाषाहरू अस्तित्वमा छन्। हिमाली पहाडी क्षेत्रमा भोटबर्मेली भाषा परिवारका भाषाहरू बोलिन्छन् भने भित्री मधेस मधेशमा मूलत भारोपेली परिवारका भाषाहरू बोलिन्छन्। अन्यपरिवारका भाषाहरू कम बोलिन्छन्। मधेशमा १३ भित्रीमधेशमा भाषाहरू बोलिन्छन्। अन्य भाषाहरू पहाडी हिमाली क्षेत्रमा बढी बोलिन्छन्। सम्भवतः भौगोलिक विविधताले गर्दा हिमाली पहाडी भूक्षेत्रमा बढी भाषाहरूको उदय भएको हुनसक्दछ।

महाडी क्षेत्रको पनि मूलतः खम्बु क्षेत्रमा किराती मूलका भाषाहरू बढी बोलिन्छन्। यो क्षेत्र कोशी अञ्चलको हिमाली पहाडी क्षेत्रमा पर्दछ। यस क्षेत्रमा ४८ भन्दा बढी प्रकारका खम्बुकिराती भाषाहरू बोलिन्छन् भन्नेछ। नेपालको मध्यपश्चिम सुदुर पश्चिम क्षेत्रमा कम संख्याका भाषाहरू बोलिन्छन्। भाषाको भौगोलिक सूचना तालिका मा दिइएको छ।

. नेपालमा बोलिने भाषापरिवार भाषा संख्या

नेपालमा परिवारका भाषाहरू बोलिन्छन्। राष्ट्रिय जनगणना २००१ को प्रतिवेशनलाई आधार मानेर देशभित्र ९२ भाषा बोलिन्छन् भन्ने हो भने नेपालमा भोटबर्मेली भाषा परिवारका ५२ भाषाहरू बोलिन्छन्। यो सबै भन्दा ठुलो संख्या हो। यसैगरी भारोपेली परिवारका १४ भाषा बोलिन्छन्। आग्नेय परिवारका द्रविड परिवारका / भाषा बोलिन्छन्। कुसुण्डा कुन परिवारका भाषा हो निक्र्यौल गर्न सकिराखेको छैन। नेपाल वाह्यमूलका विभिन्न २१ भाषाहरू पनि नेपालमा बोलिन्छन्। राष्ट्रिय जनगणना २००१ ले उल्लेख नगरेका बाँकी ५२ भाषाहरू मूलतः भोटबर्मेली परिवारभित्र पर्दछन्। यसलाई तालिका- मा हेर्न सकिन्छ। 

तालिका-२: राष्ट्रिय जनगणना २००१ मा उल्लेख भएका ९२ भाषाहरू भाषा परिवार

क्र.सं.

भाषा परिवार

राष्ट्रिय जनगणना २००१ मा उल्लेख भएका भाषाहरू

.

भोट-बर्मेली भाषापरिवार (५२)

तामाङ, नेवारी, मगर, लिम्बू, गुरुङ, शर्ेपा, चेपाङ, धिमाल, थामी, थकाली, जिरेल, व्यासी, सुनुवार, लाप्चे, मेचे, पहरी, हायु, याक्खा, भुजेल, छन्याल, दुरा, काइके, राउटे, कोचे, कागते, हयोल्मो, बरामु, ल्होमी, राजी, घले किरात समूहका २२ भाषाहरू वान्त्तावा, चामलिङ, कुलुङ, थुलुङ, साङपाङ, खालिङ, दुमी, वाम्बुले/उम्बुले, पुमा, नाछिरिङ, वाहिङ, कोयु, याम्फु/याम्फे, छिलिङ, लोहोरूङ, मेवाहाङ, तिलुङ, जेरूङ, दुङमाली, लिङखिम, साम, छिन्ताङ।

.

भारोपेली भाषापरिवार (१४)

नेपाली, मैथिली, भोजपुरी, अवधी, चुरौटी, बज्जिका, थारू, राजवंशी, दनुवार, माझी, बोटे, दर्राई, कुमाल, नेपाली सांकेतिक भाषा।

.

आग्नेय भाषापरिवार (२)

सतार/सन्थाली खडिया (मुण्डा)

.

द्रविङ भाषापरिवार (२)

झाँगड/धाँगड तथा किसान।

.

अवर्गीकृत (१)

कुसुन्डा।

.

अन्य भाषा (२१)

चाइनिज, तिब्बती, जोङखा, मिजो, आसामिज, नागामेसे, कुकी, उर्दू, हिन्दी, बंगला, मारवाडी, अंग्रेजी, मगही, पंजाबी, उडिया, सिन्धी, हरियान्वी, कुरमाली, आंगिका, सधनी, संस्कृत ।

. वक्ता संख्याको आधारमा नेपालका भाषाहरूको वर्गीकरण 

तोभे स्कुटाब काङगास (२०००) ले वक्ताको संख्याको आधारमा विश्वका भाषालाई श्रेणीमा विभाजन गरेका छन्। तीमध्ये पहिलो श्रेणी (१० करोडभन्दा बढी वक्ताले बोल्ने भाषा) दोस्रो श्रेणी (३ करोड ५० लाखदेखि १० करोडसम्म) बाहेकका बाँकी श्रेणीका भाषाहरू अर्थात् मध्यम आकार सानो आकारका भाषाहरू मात्र नेपालमा बोलिन्छन्। यसलाई निम्नानुसार देखाउन सकिन्छ।

तालिका-३: नेपालका भाषाहरूको वर्गीकरण, वक्ता तथा भाषाको संख्या प्रतिशत (प्राम्भिक विष्लेषण)

क्रसं.

भाषाको वर्गीकरण

प्रत्येक भाषाको वक्ता संख्या

भाषाको संख्या

भाषाको प्रतिशत

वक्ताको प्रतिशत

.

साच्ची कै धेरै ठूलो भाषा

१० मिलियन अर्थात् दश करोडभन्दा धेरै

छैन

-

-