![]() Home | About Us | Send Us News | Photo Gallery | Contact Us | Sitemap Archive | Download | Blog | Forum | Guest Book | Feedback | Links |
|||
| Local: Kathmandu: | |||
| News from your web home at the capital of the world-New
York City विश्वको राजधानी शहर न्युयोर्कबाट नेपाली खबरहरु |
|||
|
यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive यो वेबसाइट पढ्न युनिकोड र प्रीती फन्ट Font चाहिन्छ: लेख-रचना र खबर पठाउँदा यि दुइटा फन्टमा टाइप गरी पठाउनुहोला नेपाली युनिकोड फन्ट डाउनलोड Nepali Unicode Font Download प्रीती Preeti font Download बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे हाम्रो बोली-११ |
||
|
मातृभाषासंगैको यात्रा-११
बहुभाषिक शिक्षाप्रति कसैको प्रतिवद्धता देखिएन हिजो २१ फेवुअरी २००८। सम्पन्न भयो नेपालमा पनि ९ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस। म यहाँ हिजोको मेरो दिनचर्या प्रस्तुत गर्न चाहन्छु र अन्त्यमा 'भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष' को प्रसंग। विहान : टाइम्स एफएमसंग कुराकानी विहानै ७:०५ बजेतिर याम बान्तवाको टाइमस् एफएमबाट फोन आयो। अमृत दाई, आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस। यसैको सन्दर्भमा 'आदिवासी गुञ्जन' कार्यक्रममा कुराकानी गरौं। मैले स्वीकारे। लगभग आधाघण्टापछि सो एफएम स्टेसनबाट फोन आयो, कार्यक्रम सुरु भयो र फोनबाटै प्रत्यक्ष प्रशारण मार्फत् नेपालमा मातृभाषाको अवस्था र विकास प्रक्रिया आदिबारे लगभग २२ मिनट जति कुराकानी भयो।
दिउँसो:
युनेस्को
क्लबको
कार्यक्रम चुलाचुली युनेस्को क्लबको आयोजनामा पुरानोवानेश्वर स्थित गुरुकुलमा ९ औं मातृभाषा दिवसको आयोजना भएको थियो। अनौपचारिक रूपमा विहान ११:०० बजेदेखि शुरु भएको यस कार्यक्रम तीन चरणमा विभाजित थियो: (क) नेपालका विभिन्न ८ वटा मातृभाषाहरू- तामाङ, चाम्लिङ, नाछिरिङ, कुलुङ, वाहिङ, लोहोरुङ, लिमि, नेम्बामा राष्ट्रगान प्रस्तुत गरिएको थियो। (ख) यसपछि 'भाषिक मानव अधिकारको पर्रि्रेक्ष्यमा मातृभाषा र समुदायको पहिचान' शिर्षमा बहुभाषिक शैक्षिक कार्यक्रमका मुख्य प्राविधिक सल्लाहकार डेभिड ए. हफ्ले स्लाइड प्रस्तुत गर्नु भयो। वहाँको प्रस्तुतिको नेपाली अनुवाद मैले गरे। यस प्रस्तुतिमा बालबालिकालाई मातृभाषाको माध्यमबाट समुदाय केन्द्रित विधिबाट शिक्षा दिएमा परिणाम सकारात्मक आउँछ र आदिवासी जनजाति सम्वन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्रको धारा १३ र १४ अनुरुप हुने जस्ता आसाय प्रस्तुत गरिएको थियो। यसपछि सहभागीहरूको जिज्ञासालाई सम्वोधन गरिएको थियो। (ग) यसपछि गुरुङ भाषाको फिल्म क्रिपा प्रस्तुत गरिएको थियो। फिल्ममा समाजिक विकृति र विसंगतिलाई सशक्तढंगले प्रस्तुत गरिएको रहेछ। डा. चुन्दा बज्रचार्य र मैले यस फिल्मको समीक्षा गरेको थियो। डा. बज्रचार्यले समाजमा मुलतः महिला र अपहेलित पक्षको चित्र प्रस्तुत गर्नु भएको थियो भने मैले आदिवासी दृष्टिकोणबाट समीक्षा प्रस्तुत गरेको थियो।
अप्राहन्न : युनेस्को
क्लबसंघको
कार्यक्रम नेस्नल फेडेरेसन अफ युनेस्कोको एसोसिएसनद्वारा रसियन कल्चर सेन्टर, काठमाडौंमा आयोजित आदिवासी समुदाय र मातृभाषाको विकासमा सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिका शिर्षको छलफल कार्यक्रममा सहभागी भए। गोष्ठी ३:३० बजेतिर सुरु भयो। त्यहाँ विभिन्न वक्ताहरूले नेपालमा मातृभाषाको अवस्थाबारे आआफ्ना धारणा राखेका थिए। वातावरण, विज्ञान तथा प्रविधि मन्त्री फरमुलाह मनसुरज्युले परम्परागत औपचारिकतालाई निर्वाह गरे। आगरा र गाग्राको उखान जस्तै थियो। शिक्षा तथा संस्कृति मन्त्रालयसंग सम्वन्धित विषयमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको प्रतिवद्धता। उपलब्धि के होला त? बेलुकि: गोर्खा एफएमसंग कुराकानी साँझपख कोठामा आइपुगेर पाहुनाहरूसंग कुराकानी गरिरहेको थियो। मोवाइलमा फोन आयो। गोर्खा एफएमबाट किरण मरहटटाको फोन रहेछ। लाईन फोनको नम्बर माग्नु भयो। दिए। मातृभाषा दिवसको उपलक्ष्यमा कुराकानी गरौं भनेर अनुरोध गर्नु भयो र तीन मिनेटपछि नै कार्यक्रम सुरु हुन्छ भन्नु भयो। आश्चार्य लाग्यो। विना पूर्ब जानकारी त्यो पनि तीन मिनट भित्रै। रिनै खाएको जस्तै। मेरो लागि पत्रकारहरूको यो बानी नयाँ थिएन। ७:३० बजेदेखि प्रत्यक्ष प्रशारणमा कुराकानी शुरु भयो। लगभग आधा घण्टा जति मातृभाषाको अवस्था, संरक्षण तथा सर्म्वर्द्धनका उपायहरू, सरकार तथा भाषिक समुदायको दायित्व आदिबारे लामो कुराकानी। मैले मूलतः सरकार र भाषिक समुदायले चालेका सकरात्मक प्रयायहरूको मूल्यांकन प्रस्तुत गरे। केही मिनटपछि नै ३/४ जना साथीहरूको फोन उठाए। उनीहरूले गोर्खा एफएममा भएको प्रत्यक्ष कुराकानी सुनेका रहेछन्। केहीले एसएमएस गरेका थिए। प्रायःले प्रशंसाको पुल बाँधे। केहीले मातृभाषामा शिक्षा प्रारम्भ गर्न थप जानकारी मागेका थिए।
वास्तविकता के हो? हिजो दिनभरि मातृभाषासंग सम्वन्धित कार्यक्रममा व्यस्त भए, माथिको कार्यक्रमले प्रष्ट पारेको छ। म यत्ति व्यस्त रहे भनेर देखाएको होइन। यी घटनावलीले नेपालमा मातृभाषाप्रति जागरुक आएको छ भनेर देखाउन खोजेको मात्र हो। सबैतिर मातृभाषाप्रतिको चासो देखिएको छ। समुदाय पनि र मिडिया पनि। नेतृत्वमा रहेकाहरूका पनि मातृभाषा प्रति केही चिन्तित देखिन्छन्। प्रश्न उठछ? मातृभाषाको विकास साच्चै हुदैछ त? मातृभाषाको संरक्षण र सर्म्वर्द्धनको लागि आदिवासी संघसंस्था र नेपाल सरकार वास्तवमै तयार छन् त? ठोस काम के भयो? यसको उत्तर मैले भनिरहनु पर्दैन। मातृभाषा दिवसबारे सरकारले बोलेको सुनिएन, देखिएन। मातृभाषाको बारेमा कुनै पुस्तकपुस्तिका विमोचन भएको वा श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको पनि देखिएन, सुनिएन। औपचारिकता पुरा भएको छ। गत वर्ष पनि यसरी नै व्यस्त थिए केही तर ठोस काम देखिएन। हाम्रो लगानी अन्यत्र नै गइरहेकोछ लाग्छ, कुलतमा फसेको शिक्षित सन्तान झैं। सन् २००७ को लागि युनेस्कोले तय गरेको विषय थियो 'बहुभाषिक शिक्षा' तर कसैले यसबारे बोलेको लेखेको देखिएन, प्रतिवद्धता र सक्रियता विना नै वित्यो यो वर्ष। यी सबैले हाम्रो सामु सुनौलो चित्र प्रस्तुत गर्दैन। भारतको नयाँदिल्ली र उडिसामा त्यहाँका युनेस्कोले सहयोग गरेर बहुभाषिक कार्यक्रमहरू सम्पन्न गरिएको चर्चा यसै स्तंभको अंक ९ र १० मा गरिसकेको छु तर नेपालमा युनेस्को कहाँ छ, के गदैछ, कतै देखिएन।
र
अन्त्यमा
यस
वर्ष २००८
को
लागि
संयुक्त
राष्ट्रसंघको
साधारणसभाले
तय
गरेको
विषय
छ
'भाषाहरूको
अन्तर्राष्ट्रिय
वर्ष'
(International Year of Languages)।
अन्तर्राष्ट्रिय
मातृभाषा
दिवसको
उपलक्ष्यमा
अर्थात्
२१
फेब्रुअरीको
दिन
युनेस्कोले
यस
वर्ष
विषय
घोषणा
गरेको
छ
र
सबै
सदस्य
राष्ट्रहरूले
यसको
पालना
गर्नेछ।
यूनेस्कोका
महानिर्देशक
कोइचिरो
माचुराले
आफ्नो
सन्देशमा
भन्नु
भएको
छ-
'Our common goal is to ensure that the importance of
linguistic diversity and multilingualism in educational,
administrative and legal systems, cultural expressions and the
media, cyberspace and trade, is recognized at the national,
regional and international levels'. कोइचिरो माचुराको सन्देशलाई कसरी व्यवहारमा उतार्न सकिएला? र यस वर्षको नारा Languages Matter रहेको छ। यसपालि त मातृभाषाको विकासको लागि केही ठोस काम गरौं है त।
February 23, 2008, Kathmandu भाषाशास्त्री अमृत योञ्जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्नुहुने हाम्रो बोली पढ्न नभुल्नुहोला। हाम्रो बोली-१: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु' हाम्रो बोली-२: ‘मातृभाषामा शिक्षा फड्को मानं सकिन्छ': नेपालमा बोलिने १४३ भाषामा पाठ्य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ हाम्रो बोली-३: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट हाम्रो बोली-४: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ? हाम्रो बोली-५: संघीय व्यवस्थामा भाषाको राजनीति हाम्रो बोली-६: भाषिक मानव अधिकारका संदभंहरु हाम्रो बोली-७: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड हाम्रो बोली-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए हाम्रो बोली-९: बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न हाम्रो बोली-१०: ''आदिवासीहरू हेल्पलेस छैनन्, डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्ने गर्दछ' -Tove Skutnab-Kangas, International MLE expert, Denmark |
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com
a media initiative of Global Federation of
Indigenous People of Nepal, USA (GFIPN)
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®