Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap
See Kathmandu, Nepal time
 
NepalDirectory.Org

हाम्रो बोल




Inside This:

यस भित्रका खुराकहरु:
संपादकीय Editorial
साताको कुराकानी Interview
साताको दोहोरी भाका
साताको अनुहार
साप्‍ताहिक झटारो
हाम्रो बोल
अन्‍रांष्‍ट्रीय खबरहरु
International News
Faces of the Week
न्‍यूयोर्कमा आगामी कायंक्रमहरु
Upcoming Events in NYC & USA
न्‍यू
योर्क शहरमा एक साँझ
An Evening Out in New York

न्‍यूयोर्कका नेपाली संघ-संस्‍थाहरु
Nepalese Orgs in NYC
न्‍यूयोर्कमा नेपाली ब्‍‍यावसायहरु

Nepalese Business in NYC
अमेरिकामा नेपाली संस्‍थाहर
Nepalese Orgs in USA
अमेरिकामा नेपाली ब्‍‍यावसायहर
Nepalese Business in USA
समकालिन साहित्य-रचना
Contemporary Writings

कविता Poetry
मनोरन्जन Entertainment
दोहोरी लोक भाकाहरु सुनौं
Nepalese Folk Music & Dance
पाठक प्रतिकृया Readers' Comments
Audio Archive/Video Archive
नेपालका आदिवासी-जनजातिहरु
Indigenous People of Nepal

प्रवासी नेपाली संस्थाह्‍रू
Nepali Diaspora Orgs

Nepali News Media
नेपाली पत्रपत्रिकाहरू

दैनिक Daily
साप्‍ताहिक Weekly

Monthly & Other Media
Nepali Online Portals
Nepali Radio / F.M. / TV

हाम्रो बोल-18 अन्तर्राष्ट्रिय भाषा वर्ष 2008
'Languages matter' अर्थात् 'भाषाहरू महत्वपूर्ण हुन्छन्'
- अमृत योन्जन-तामाङ

'शैक्षिक गुणस्तर उकास्न तथा संकटमा परेका संसारका कैयौं भाषाहरूको संरक्षण गर्ने मुख्य माध्यम मातृभाषामा शिक्षा नै हो।' - सेल्डर सेफर, निर्देशक, शिक्षाका लागि युनेस्को एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरो

भाषाको आधारमा भेदभाव गर्न नपाइने गरी मानव अधिकारको अन्तर्राष्टिय घोषणापत्र (१९४८) लागु भएको हो र नेपालका मातृभाषी समुदाय र संघ-संस्थाहरूले सोही समयदेखि नै विषेशगरी प्रजातन्त्रको स्थापना पश्चात् अर्थात् २००७ सालदेखि मातृभाषाको संरक्षण र सर्म्वर्द्धनका लागि आवाज बुलन्द पार्दै आएका हुन्। तर सोही समयदेखि नेपालको संविधान (२००४, २००७, २०१५, २०१९, २०४६) ले भाषाको आधारमा विभेद गरी रहयो, २०६३ सालको संविधानले मात्र यो विभेदलाई हटाएको छ।

यसै गरी नेपाल स्थित विभिन्न राष्ट्रिय तथा गैरसरकारी तथा संयुक्त राष्ट्र संघीय संघ-संस्थाहरूले लोकतन्त्रको स्थापना अर्थात् २०६३ पछि मात्र मातृभाषातिर चासो देखाउन थालेका छन्। गत वर्षात्र इन्सेक, सेभ द चिल्ड्रेन फन्ड एलाइन्स, युनेस्को, युनिसेफ आदिले मातृभाषामा शिक्षा सम्वन्धी गोष्ठीको आयोजना गर्न थालेका छन्। संयुक्त राष्ट्रले २० नेभेम्बर १९८९ मा नै बाल अधिकार सम्वन्धि अनुवन्ध पारित गरेको हो र नेपालले पनि लगभग एक वर्षछि यस अनुवन्धलाई १४ अक्टोम्बर १९९० मा अनुमोदन गरेको थियो। यस अनुवन्धको धारा ३० मा बालबालिकाले आफ्नो मातृभाषा प्रयोग गर्न पाउने अधिकारको सुनिश्चित्ता गरेको छ। लेखिएको छः

जाति, धर्म वा भाषिक अल्पसंख्यकहरू वा आदिवासी मूलका मानिसहरू बसोबास रहदै आएको राज्यमा त्यस्ता अल्पसंख्यकहरू वा आदिवासी बालबालिकाहरूलाई आफ्नै समुदायका अन्य सदस्यहरूसंग सामुहिक रूपमा आफ्नो संस्कृति अपनाउने, धर्मको पालना गर्ने र प्रयोग गर्ने वा आफ्नो भाषा प्रयोग गर्ने अधिकारबाट वञ्चित गर्न पाइने छैन । - धारा ३०, बाल अधिकार सम्वन्धी अनुवन्ध १९८९)

अन्तर्राष्टियभाषा वर्ष २००८ मनाउने क्रममा गत जुन ६ तारिखको दिन होटल हिमालय, ललितपुरमा एक दिने कार्यक्रम सम्पन्न भएको थियो। भाषा आन्दोलनकर्मी प्रज्ञा वैरागी काइँलाको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रम विभिन्न ५ वटा संघ-संस्थाहरू - (क) शिक्षा तथा खेलकुद मन्त्रालय, (ख) केन्द्रिय भाषाविज्ञान विभाग, त्रिभूवन विश्वविद्यालय (ग) द मान्टेन इन्सटिच्युट, (घ) एसआइएल इन्टरनेस्नल र (ङ) युनेस्को कार्यालय काठमाडौंले संयुक्त रूपमा आयोजना गरेका थिए। यस गोष्ठीमा मातृभाषी समुदायका मातृभाषी विद्वानहरूको अत्यन्त कम तर क्षेत्रका प्राज्ञिक विद्वानहरूको सहभागीता धेरै देखिन्थे।

सो दिन प्राज्ञ वैरागी काइँलालगाएतका विद्वानहरूले संयुक्त रूपमा दुइवटा महत्वपूर्ण पुस्तकको विमोचन गरेका थिए। ती विमोचित पुस्तकहरूको प्रा. डा. योगेन्द्रप्रशाद यादवद्वारा समीक्षा प्रस्तुत गरेका थिए भने शिक्षा मन्त्रालयका सह-सचिव डा. लभदेव अवस्थीले कार्यक्रम सञ्चालन गरेका थिए। डा. यादव केन्द्रिय भाषविज्ञान विभाग, त्रि.वि.का प्रमुख हुन् भने डा. अवस्थी आफ्नो पिएचडि थेसिस 'Exploring Monolingual School Practices in Multilingual Nepal' (2004) का कारण चर्चामा छन्। सो दिन बहुभाषिक पोस्टर पनि हलभित्र टाँस्सिएको थियो। यसका साथै मातृभाषा सम्वन्धी चारवटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। केही संस्थाहरूले आ-आफ्ना प्रकाशनहरू प्रदर्शनी तथा वितरणमा राखेका थिए। ती सामग्रीहरू मातृभाषा र मातृभाषामा शिक्षाको दृष्टिले निकै महत्वपूर्ण भएकोले म ती सामग्रीहरूको संक्षिप्त जानकारी प्रस्तुत छ। पुरा लेख पढ्‍नुहोस‌ Read full article»

 
  भाषाशास्‍त्री अमृत योञ्‍जन तामाङका पुराना लेखहरु Archive:
हाम्रो बोली-
: 'मातृभाषासगैको यात्रा-१: शिखरतिरको चढाई भर्खर सुरु'
हाम्रो बोल-: मातृभाषामा शिक्षा फड्को मानं सकिन्': नेपालमा बोलिने १४३ भाषामा पाठ्‍य सामाग्री तयार गर्न १०४ बर्ष लाग्ने छ

हाम्रो बोली-: अन्तरिम संविधान २०६३ मा भाषिक व्यवस्था: आदिवासी जनजातिको आँखाबाट
हाम्रो बोली-: मातृभाषा विकासको लागि विविध कार्यक्रम प्राप्तिको लागि कम्मर नकस्ने ?
हाम्रो बोली-: संघीय व्यवस्थामा भाषाको राजनीति
हाम्रो बोली-: भाषिक मानव अधिकारका संदभंहरु
हाम्रो बोली-: 'आदिवासीको लागि भाषा, संस्कृति र भूमि संगसंगै आउँछ, भूमि गुम्यो भने सबै थोक गुम्छ'-शिक्षाविद् डा. मेरे केपा, न्युजिल्याण्ड
हाम्रो बोल-८: अमेरिकि मातृभाषी अन्तिम जीवित वक्ता पनि गए

हाम्रो बोली-९: बहुभाषिक शिक्षा: चुनौती, परिप्रेक्ष्य र सम्भावनाबारे अन्तर्राष्ट्रिय अधिवेशन दिल्लीमा सम्पन्न
हाम्रो बोली-१०: ''आदिवासीहरू हेल्पलेस छैनन्, डोमिनेन्ट समुहले प्रभूत्व जमाउन आफूलाई लेजिटिमाइज गर्ने गर्दछ' -Tove Skutnab-Kangas, International MLE expert, Denmark
हाम्रो बोली-
१: बहुभाषिक शिक्षाप्रति कसैको प्रतिवद्धता देखिएन। 'भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष' २००८ कसरी मनाउने?

हाम्रो बोली-१२: अब हामीले पनि भन्नु पर्छ - 'भाषा मर्यो' होइन, 'भाषा मार्यो'
हाम्रो बोली-: मातृभाषाको शिक्षा नीति हचुवाको भरमा
हाम्रो बोली-१४: चुनावी घोषणापत्रहरूमा भएका भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रमलाई कसरी हेर्ने?
हाम्रो बोली-१५: चुनावी घोषणापत्रहरूमा भाषा सम्वन्धी अवधारणा, नीति तथा कार्यक्रम कस्तो छ?
हाम्रो बोली-१६: विश्वमा कति छन् भाषा र वक्ताको संख्या?

हाम्रो बोली-: नेपालमा कति छन् भाषा वक्ताको संख्या?
  Amrit Yonjan-Tamang is a linguist, author of many books & now National Technical Advisor (NTA) in Multilingual Education Program, Inclusive Section, Department of Education, Ministry of Education and Sports, GON, Sanothimi, Bhaktapur, Nepal. Comments? Write him at: amrityonjan@yahoo.com
भाषाशास्‍त्री अमृत योञ्‍जन-तामाङको मातृभाषाबारे लेख नियमित प्रकाशित हुनेछ। हरेक साता शुक्रवार वहाँले लेख्‍नुहुने
हाम्रो बोल पढ्‍न नभुल्‍नुहोला।
  तपाईंको भनाइ लेखी छाड्‍न र अरुको भनाइ पढ्न यहाँ क्लिक गर्नुहोस्
Please add yours and view our readers' comments at: Guest Book page»
 

Advertise With Us | Affiliate | Download | Blog | Forum | Links | Terms of Service | Disclaimer | Privacy Policy | Copyright/IP Policy | RSS | FAQ
Copyright © 2007-8 USNepalOnline.Com. Published by US Nepal Media Center (USNMC). All rights are reserved.
URLs: USNepalOnline.Com, USNepalNews.Com; USANepalOnline.Com, AjakoAwaj.Com, GlobalNepalOnline.Com
Questions & queries? Write us at: feedback@usnepalonline.com. Developed by eEyeElements®