|
|
![]() |
||
| Local: Kathmandu: | |||
| Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Guest Book | Feedback | Sitemap | |||
|
English Edition Section Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साताको अनुहार साप्ताहिक झटारो हाम्रो बोली Feature Story / News स्थानीय खबरहरु Local News नेपालका खबरहरु News from Nepal अन्रांष्ट्रीय खबरहरु International News साताको अनुहार ![]() Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance बगिंकृत विज्ञापन Classified पाठक प्रतिकृया Readers' Comments पुराना कुराहरु News Archive Audio Archive Video Archive बिबिध Miscellaneous नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media नेपाली पत्रपत्रिकाहरू दैनिक Daily साप्ताहिक Weekly Monthly & Other Media Nepali Online Portals Nepali Radio / F.M. / TV नेपाली अनलाइन् पोटंल |
बिशेष संपादकीय Editorial |
||
|
एक जुगमा आउने यो एक दिन नेपालको ईतिहासमा आज एउटा सुनौलो बिहानी उदाएको छ- आजै संबिधान सभाको बैठकले सदाका लागि निरङ्कुस राजतन्त्रलाई हटाउने छ र नेपाल एक गणतान्त्रिक मुलुक कहलिने छ। आजको घटनाको सबैभन्दा ठुलो परिवर्तन हो- नेपाली मानसिकता र सङ्स्कारमा हुने परिवर्तन। र, त्यो हो- आजदेखी नेपाली जनता कसैको रैति होइन, पूर्ण नागरिक हुनेछन्। उसो त नेपालको ईतिहासलाई हेर्ने हो भने नेपाली जनता शाह कालभन्दा परापुर्ब कालदेखी नै राजाका रैति भएर बसेको तथ्य छ। अब भने आफ्नो मालिक आफै बन्ने र आफ्ना प्रतिनिधि आफै चुन्ने हक, अधिकार जनताका हातमा आई सकेको छ। तर अझै पनि नेपाली जनतालाई झुक्याने खेल राजाको स्थान र शक्ती ओगट्न पुगेका नेताबाट नहोला भन्न सकिन्न। नेताहरु आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार देखिएका छन्। सत्तामा पुगे पछि जनतासँग गरेको बाचालाई भुल्ने, आफ्नो मात्र भुँडी भर्ने रोग नेपाली राजनीतिमा महामारीको रुपमा छ। त्यसैले नेपाली जनता गणतन्त्र आयो भनेर फुरुङ्ग फुर्केर मात्र बस्ने हो भने हामीले फेरी अर्को ज्ञानेन्द्रहरु जन्माउने छौं। जनताको चनाखो हुने बानी बस्नु पर्यो- अबको दुई बर्ष भित्र जुन दलले जनताका हक, अधिकार अब बन्ने नयाँ संबिधानमा सुनिस्चित गर्न पहल गर्छ उसैलाई साथ दिएर अझ थप अधिकारहरु प्राप्तीका लागि लाग्नु पर्छ। जो जनताको कुभलोमा लाग्छ त्यो दल र नेतालाई भने सर्पले दाउ राखे झै दाउ राखेर कहिल्यै सत्तामा जान नसक्ने बनाउनु पर्छ। अनि मात्र सच्चा गणतन्त्रको गुनिलो स्वाद चाख्न पाइने छ। नेपाली जनताको जय होस्। May 28, 2008 (जेठ १५, २०६५) New York, USA पुराना संपादकीय पढ्नुहोस् Read Editorial Archives» |
|||
|
|
|||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ
Copyright © 2007-8
USNepalOnline.Com. All rights are reserved.
URLs:
USNepalOnline.Com, USANepalOnline.Com, AjakoAwaj.Com,
GlobalNepalOnline.Com
Questions & queries? Write us at:
feedback@usnepalonline.com.
Developed by
eEyeElements®