|
|
![]() Home | About Us | Archive | Send Us News | Photo Gallery | Contact Us | Feedback | Sitemap See Kathmandu, Nepal time |
|
|
|
बिशेष सम्पादकीय/प्रकाशकीय |
|
|
|
उज्यालो बाटोतिर: अनलाइन यात्राको एक बर्ष |
|
![]() Inside This: यस भित्रका खुराकहरु: संपादकीय Editorial साताको कुराकानी Interview साताको दोहोरी भाका साप्ताहिक झटारो हाम्रो बोली अन्रांष्ट्रीय खबरहरु International News Faces of the Week न्यूयोर्कमा आगामी कायंक्रमहरु Upcoming Events in NYC & USA न्यूयोर्क शहरमा एक साँझ An Evening Out in New York न्यूयोर्कका नेपाली संघ-संस्थाहरु Nepalese Orgs in NYC न्यूयोर्कमा नेपाली ब्यावसायहरु Nepalese Business in NYC अमेरिकामा नेपाली संस्थाहरु Nepalese Orgs in USA अमेरिकामा नेपाली ब्यावसायहरु Nepalese Business in USA समकालिन साहित्य-रचना Contemporary Writings कविता Poetry मनोरन्जन Entertainment दोहोरी लोक भाकाहरु सुनौं Nepalese Folk Music & Dance पाठक प्रतिकृया Readers' Comments Audio Archive/Video Archive नेपालका आदिवासी-जनजातिहरु Indigenous People of Nepal प्रवासी नेपाली संस्थाह्रू Nepali Diaspora Orgs Nepali News Media Nepali Radio / F.M. / TV |
नयाँ नेपालसँगै युएस नेपाल अनलाइनको शुरुवात यसरी
भयो "A journey of a thousand miles begins with a single step." -Confucius New York, December 3, 2008- यात्रा निरन्तर हिंड्ने एउटा क्रम हो। हरेक यात्राको शुरुवात पहिलो पाइलाबाट हुन्छ। पहिलो दिनबाट हुन्छ। त्यसैले महान चिनियाँ दर्शनिक कन्फ्युसियसको भनाइ यहाँ उधृत गर्नु मुनाशिव हुनेछ- "A journey of a thousand miles begins with a single step." हो, ठीक आजैको दिन अर्थात गत बर्ष डिसेम्बर ३ तारिखबाट USNepalOnline.Com को प्रकाशन शुरु गरिएको थियो। USNepalOnline.Com यसबिच ७१ लाख, ८५ हजार, ०६८ पटक हेरिएका छन् भने यसका ७ लाख, ७२ हजार, ७८५ समाचार पृष्ठहरु ब्राउज गरिएका छन्। नोबेम्बर महिनामा USNepalOnline.Com १२ लाखभन्दा बेशी पटक हेरियो। पोहर डिसेम्बर महिनामा प्रकाशन शुरु गर्दा शिर्फ १ लाख १४ हजार १६२ पटक हेरिएको थियो । अहिले USNepalOnline.Com पाठकहरु ११० भन्दा देश बढी देशबाट यसका खबर पढ्छन्। हाम्रा पाठकहरु मध्ये अमेरिकाबाट ४३.३ प्रतिसत, नेपालबाट ५ प्रतिसत, बेलायत (युके) बाट ३.६ प्रतिसत, क्यानाडाबाट १.८ प्रतिसत, भारतबाट १.४ प्रतिसत, जापानबाट १.३ प्रतिसत, हङकङबाट ०.८ प्रतिसत छन्। संयुक्त राष्ट्र संघको सन् २००६ को तथ्याङ्कअनुसार नेपालमा प्रति १०० जनामा ०.९ प्रतिसतले मात्र इन्टर्नेट हेर्छन्। जब कि अमेरिकामा ६९.१ प्रतिसतले इन्टर्नेट हेर्छन्। यो हिसाबले हाम्रा ५ प्रतिसत नेपालका नेपाली पाठक अमेरिकाको तुलनामा ज्यादा मान्नु पर्छ। हुन पनि मकवानपुरदेखी पोखरासम्म, कैलालीदेखी ईलामसम्मका पाठकहरुबाट प्राप्त प्रतिकृयाहरुले त्यही कुरालाई पुष्टी गर्दछ। तर हामी अझ नयाँ पाठकहरुबिच पुग्नु बाँकी नै छ। USNepalOnline.Com भर्खर एक बर्षको भयो, यात्राको पहिलो बर्ष, अझ अघी बढ्नु छ। हामीलाई पूर्ण विश्वाश छ कि- हाम्रा पृय पाठकहरुको निरन्तर सहभागीता र न्यानो माया प्राप्त हुँदासम्म USNepalOnline.Com लाई नेपाल र नेपालीको सत्य तथ्य खबर प्रदान गर्ने र सफलताको उचाइ चुम्ने मौका मिल्ने छ। USNepalOnline.Com को प्रकाशन पछि नेपालमा युगान्तकारी घटनाहरु भए। हामीले ति सब घटनाहरुको सबिस्तार समाचार जहिल्यै पनि अग्रपङ्तीमा रहेर प्रकासित गर्यौ। चाहे अन्तरिम संबिधान सभाबाट नयाँ संबिधान सभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा गर्ने निर्णय होस् या संबिधान सभाको ऐतिहासिक निर्वाचन, नेपाललाई संघीय गणतन्त्र मुलुकको रुपमा प्रथम घोषणा गर्दाको त्यो अबिस्मरणीय क्षण या पहिलो निर्बाचित सरकारको गठनका बेला होस् USNepalOnline.Com ले सधैं सत्य र रोचक समाचार तुरुन्तका तुरन्त प्रकासित गरेर विश्व भरका पाठकहरुलाई जानकारी गराउने काम गर्यो। एउटा साँचो कम्युनिटी न्युज पोर्टलको रुपमा USNepalOnline.Com ले सधैं नेपाली समाजका उज्याला र अँध्यारा पक्षका घटनाहरुलाई बिना भेदभाब र निडरकासाथ उजागर गर्ने जुन प्रयास शुरुदेखी गर्दै आएको छ, त्यो भबिश्यमा पनि निरन्तर जारी रहने छ। |
|
|
अन्तमा, USNepalOnline.Com एक बर्ष पुगेको यो सुखद अबसरमा हामी हाम्रा सम्पूर्ण शुभेच्छुक, प्रिय पाठक, बिज्ञापनदाता, हाम्रो यात्राका सहयात्री पत्रकार, लेखक, साहित्यकारहरु र मित्र बन्धुहरु प्रति हार्दिक आभार ब्यक्त गर्दछौं। युएस नेपाल मिडिया सेन्टर US Nepal Media Center December 3, 2008, New York, USA Special feature: » न्यू योर्कका २७ नेपाली संघसंस्थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे (46 Photos) पुराना संपादकीय पढ्नुहोस् Read Editorial Archives» |
||
| तपाईंको
भनाइ लेखी छाड्न र अरुको भनाइ पढ्न
यहाँ क्लिक गर्नुहोस् Please add yours and view our readers' comments at: Guest Book page» |
||
|
Advertise With Us |
Affiliate |
Download |
Blog |
Forum |
Links |
Terms of Service |
Disclaimer |
Privacy Policy |
Copyright/IP Policy |
RSS |
FAQ |
||