Inside

All Time Top 50 News

मास्कोमा गैरआवासीय नेपाली अभियानको एक दशकप्रति समर्पित कार्यक्रममा नेपाली र रसियन ब्यक्तित्वहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishna Prakash Shrestha   
Tuesday, 17 December 2013 06:26

मास्को- रुसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा गैरआवासीय नेपाली अभियानको एक दशकप्रति समर्पित भव्य कार्यक्रममा नेपाली र रसियन ब्यक्तित्वहरुलाई सम्मान गरिएको छ।


NRN Russia honored Nepalese and Russians for their contribution to Nepalese society on December 16, 2013. Photos: Rajaram Chaudhari

डिसेम्बर १६ तारिख गैरआवासीय नेपाली संघ रुसद्वारा आयोजित उक्त सम्मान समारोह संघका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ 'माधुर्य' को सभापतित्वमा सम्पन्न भएको थियो भने रुसकालागि नेपाली राजदूत डा. रविमोहन सापकोटाबाट प्रमुख अतिथिको आसन ग्रहण गरिएको थियो । एनआरएनएका केन्द्रीय निवर्तमान अध्यक्ष जीबा लामिछाने, रुस नेपाल मैत्री तथा सहयोग समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्एभ प्रभृति र कृष्णप्रकाश श्रेष्ठलाई विशेष अतिथिको सम्मान प्रदान गरिएको थियो ।


NRN Russia honored Nepalese and Russians for their contribution to Nepalese society on December 16, 2013. Photos: Rajaram Chaudhari

संघका उपाध्यक्ष रंगनाथ पौडेलले अतिथिहरुकासाथै समारोहमा उपस्थित सबैको हार्दिक स्वागत गरेका थिए। समारोहमा प्रमुख अतिथि डा. सापकोटा र सभापति डा. श्रेष्ठले सम्मानित ब्यक्तित्वहरुलाई कदर पत्रद्वारा सम्मान गरेका थिए।

एनआरएन अभियानले सफलतापूर्वक एक दशक पार गरेको सुखद अवसरमा गैरआवासीय नेपाली संघका केन्द्रीय निवर्तमान अध्यक्ष श्री जीवा लामिछानेलाई केन्द्रीय अध्यक्षको हैसियतले सन् २०११/२०१३ को आफ्नो नेतृत्वकालमा संस्थालाई नेपालमा दर्ता गरी वैधानिकता प्रदान गराउन सफल भएकोले उक्त महत्वपूर्ण योगदानको उच्च कदर गर्दै रूसवासी नेपालीहरुकोतर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो भने जीवनको ७५ शरद् पार गर्ने यसै पंक्तिकार कृष्णप्रकाश श्रेष्ठलाई 'उच्च अध्ययनकालागि सोभियत संघमा प्रवेश गरेको सुरुका दिनदेखि नै नेपाली भाषा एवं साहित्यलाई समृद्ध बनाउन विभिन्न पत्रपत्रिकाको सम्पादन, रूसी तथा नेपाली भाषाका महत्वपूर्ण कृतिहरूको अनुवाद, नेपाली भाषामा मास्कोबाट रेडियो प्रसारण सेवा, ऐतिहासिक महत्व राख्ने पुस्तकहरूको लेखनजस्ता विविध रचनात्मक क्रियाकलाप मार्फत् नेपाल र रूस बीचको साहित्यिक एवं सांस्कृतिक सेतुकोरूपमा आजन्म भूमिका निर्वाह गरी विश्वसामु रूसवासी नेपालीहरूको गरिमा र पहिचान ऊँचो राखे वापत् सम्मानपत्र प्रदान गरिएको थियो ।


NRN Russia honored Nepalese and Russians for their contribution to Nepalese society on December 16, 2013. Photos: Rajaram Chaudhari

यसैगरी, 'नेपालीकालागि नेपाली' भावनाअनुरूप गैरआवासीय नेपाली संघको विकासकालागि मन, वचन र कर्मले समर्पित रहेर अनवरत सेवा गर्ने क्रममा सन् २०१३/२०१५ को कार्यकालकालागि 'केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी वहन गर्न निर्वाचित हुनुभएका समाजसेवी डा. बद्री केसी, केन्द्रीय सदस्य (प्रतिनिधि) को जिम्मेवारी वहन गर्न निर्वाचित हुनुभएका समाजसेवी गोविन्दप्रसाद गौतम र केन्द्रीय महिला प्रतिनिधिको जिम्मेवारी वहन गर्न निर्वाचित हुनुभएका समाजसेवी सपिला राजभण्डारीलाई उहाँहरुको 'सक्रिय योगदानको उचित कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।


NRN Russia honored Nepalese and Russians for their contribution to Nepalese society on December 16, 2013. Photos: Rajaram Chaudhari

रुस नेपाल मैत्री तथा सहयोग समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभएभलाई रुसी भाषामा नै 'नेपाल र रुसका जनताहरुबीच मैत्री विकासमा ठूलो योगदानका लागि' रूसवासी नेपालीहरूकोतर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो भने भानुभक्त आचार्यका कविताहरू रूसी भाषामा छन्दोबद्ध रूपान्तरणमा सडयोगकालागि कवयत्री ल्युदमिला साल्तिकोभालाई खादा ओढाएर सम्मान गरिएको थियो। यसकासाथै गैरआवासीय नेपाली संघ रुसका निवर्तमान अध्यक्ष उत्सव अमात्यसहित रुस राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधिकारीहरु र कर्मठ कार्यकर्ताहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।


NRN Russia honored Nepalese and Russians for their contribution to Nepalese society on December 16, 2013. Photos: Rajaram Chaudhari

उक्त अबसरमा विश्व नेपाली साहित्य महासंघको तत्वावधानमा आयोजित काव्यगोष्ठीअन्तर्गत आदिकवि भानुभक्त आचार्यको द्विशताब्दीय जन्मजयन्तीप्रति समर्पित 'लोकको गरुँ हित भनी' शिर्षकमा प्रकाशित कवितासंग्रहको लोकार्पण भएको थियो ।

फोटो सौजन्य: राजाराम चौधरी

-Krishna Prakash Shrestha in Russia


NRN Russia honored Nepalese and Russians for their contribution to Nepalese society on December 16, 2013. Photos: Rajaram Chaudhari

Read related news:

-बाईसौं शीतकालीन ओलम्पिक खेल खेलिने रसियाको स्वास्थ्यनगरी "सोची" को कथा

-मास्कोमा होली र नारी दिवसको अबसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

-नेपाल-रसिया आर्थिक विस्तारकालागि नेपाली निजी क्षेत्रको प्रयास

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.