Inside

All Time Top 50 News

गैरआवासीय नेपाली संघ क्यानाडाको छैठौं अधिवेशन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dr. Govind Singh Rawat   
Monday, 01 July 2013 14:41

Special: 1 photo: टोरन्टो, क्यानाडा- गैरआवासीय नेपाली संघ क्यानाडाको छैठौं अधिवेशन विभिन्न कार्यक्रमकासाथ सम्पन्न भएको छ ।

The newly elected executive committee members of NRN Canada on June 30, 2013. Photo courtesy: Govin Khatri's facebook profile

जुन २९ र ३० तारिख क्यानाडाको टोरन्टो शहरमा सम्पन्न उक्त अधिबेशनले २०१३-१५ को कार्यकालकालागि अनिल थापाको अध्यक्ष्यतामा नयाँ कार्य समिती निर्वाचन गरेको छ।

नयाँ कार्य समिति

अध्यक्ष- अनिल थापा
उपाध्यक्ष- रामहरी खड्का र अभिमन्यु बस्नेत
महासचिव- तुलसी सापकोट
कोषाध्यक्ष: कल्पना अवस्थी

पहिलो दिन खेलकूद प्रतियोगिता र महिला, बाल तथा युवा फोरमसँगै विभिन्न परियोजनाका बारेमा जानकारीमूलक कार्यक्रम रहेको थियो भने दोस्रो दिन मुख्य छलफल र विचार गोष्ठीसँगै २०१३–२०१५ कोलागि नयाँ राष्ट्रिय समन्वय परिषद्का नवनिर्वाचित सदस्यहरुबाट नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम रहेको थियो ।

दोस्रो दिनको कार्यक्रम क्यानाडाकालागि नेपाली राजदूत महामहिम डा. भोजराज घिमिरेले परम्परागत पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । सोही अवसरमा महामहिम राजदूतले अधिवेशनकालागि प्रकाशित गरिएको स्मारिकाको पनि लोकार्पण गर्नु भएको थियो ।

नेपाल र क्यानाडाको राष्ट्रिय गीतबाट शुभारम्भ गरिएको गैरआवासीय नेपाली संघ क्यानाडाको छैठो अधिवेसनमा विभिन्न प्रान्त र अमेरिकाबाट आउनु भएका सहभागीहरुलाई गैरआवासीय नेपाली संघ क्यानाडा राष्ट्रिय समन्वय समितिका अध्यक्ष डा. विनोद केसीले स्वागत अभिवादन गर्नु भएको थियो ।

कार्यक्रमको सफलताकालागि क्यानाडाका प्रधानमन्त्री सम्माननीय स्टेफन हार्परले पठाउनु भएको शुभकामना सन्देश उपाध्यक्ष गिरी बुढाथोकीले पढेर सुनाउनु भएको थियो भने महासचिव गोपीकृष्ण काफ्ले क्यानाडाका नागरिक, आप्रवास तथा बहुसांस्कृतिक मन्त्री माननीय जेसन केनीको शुभकामना सन्देश, दिपक हुमागाईबाट अन्टारियोका प्रिमियर क्याथरिन विनको शुभकामना सन्देश र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जिवा लामिछानेको सन्देश सचिव तुलसी सापकोटाले पढेर सुनाउनु भएको थियो ।

पहिलो सत्रको उद्घाटन कार्यक्रममा महामहिम राजदूत डा. घिमिरेले आफ्नो वक्तव्य कविताबाट शुरु गर्दै महिला अधिकार फोरमको आवश्यकतामाथि जोड दिनु भएको थियो । वहाँले ट्रेड सम्बन्धी नेपाल र क्यानाडाबीच कार्यक्रमलाई अगाडि बढाउन आवश्यक रहेको भन्दै गैरआवासीय नेपाली संघ क्यानाडाको कार्यमा राजदूतावासको सहयोग सधै रहने जानकारी दिनु भयो ।

गैरआवासीय नेपाली संघको स्थापनाबाट लिएर क्यानाडा शाखाको स्थापनामा महत्वपूर्ण भूकिमा निर्वाह गर्दै आउनु भएका महावाणिज्यदूत डा. कुञ्जर शर्माले नेपालको विकासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका रहदै आएको बताउनु भयो ।

क्यानाडाका खेलकूद राज्य मन्त्री बाल गोसालले क्यानाडाको विकासमा आप्रवासीहरुको भूमकिा माथि प्रकाश पार्दै यो देश हामी सबैको भएकोले मिलेर सहकार्य गर्न तथा २०१५ मा क्यानाडामा आयोजना हुने पानअम खेलमा सबैको सहयोगकालागि अनुरोध गर्नु भयो । वहाँले जुलाई १ क्यानाडा दिवस उपलक्ष्यमा सबैलाई शुभकामना दिदै क्यानाडा सरकारकोतर्फबाट संघलाई प्रमाणपत्र अध्यक्ष विनोद केसीलाई दिनु भएको थियो ।

उत्तर अमेरिकाका क्षेत्रीय संयोजक मुकेश सिंहले नेपालको विकासमा सहभागिता रहदै जलविद्युत परियोजना तथा अन्य लगानीमा सहभागिता रहदै आउन सबैमा आव्हान गर्नु भएको थियो ।

क्षेत्रीय सहसंयोजक रामचन्द्र खरेलले गैरआवासीय नेपाली संघको काठमाडौंमा हुने अक्टुबरको सम्मेलनमा सहभागिताकालागि सबैमा अनुरोध गुर्न भयो ।

उत्तर अमेरिका पूर्व क्षेत्रीय संयोजक एबं एनआरएनए सल्लाहकार डा. अम्बिका अधिकारीले गैरआवासीय नेपाली संघले नेपालबाहिरका नेपालीहरुलाई एउटा सूत्रमा बाध्ने काम गरेको भन्दै नेपालीहरुबीच सम्बन्ध बनाईराख्ने संस्थाकारुपमा चर्चा गर्दै क्यानाडाले गरेको पुस्तकालय परियोजना र खुला विश्वविद्यालय संघको एउटा उल्लेखनीय परियोजनाकोरुपमा रहेको जानकारी गराउनु भयो ।

गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष प्रह्लाद केसीले क्यानाडा र अमेरिकाबीच रहेको सहकार्यको सराहना गर्दै गैरआवासीय नेपाली संघमा उत्तर अमेरिकाको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । वहाँले आउदो अक्टुबरमा हुने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदकालागि उपाध्यक्षको पदकालागि उम्वेदवारी दिने घाषणा पनि गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क्यानाडाका पूर्व सभापति नवराज गुरुङ्गले सबैलाई स्वागत गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद महिला शाखाका उपसंयोजक राधा बस्नेतले गैरआवासीय नेपाली संघ क्यानाडाको कार्यप्रणलीको सराह्ना गर्दै  नेपालमा क्यानाडाको अध्यागमन शाखाको स्थापनाकालागि पहल गर्न तथा महिला सहभागिता बढाउन एकतिहाई सदस्यताका अनिवार्य गर्नकालागि अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा दुवै हात गुमाउनु भएका सुदर्शन गौतमले गत २० मईका दिन सगरमाथाको सफल आरोहण गरेर क्यानाडाका नेपालीहरुलाई गर्व अनुभव गराउनु भएकोमा उनको महामहिम राजदूतबाट सम्मान गरिएको थियो । दुवै हात गुमाएका गौतम पहिलो हात विहिन सगरमाथा चढ्ने व्यक्ती भएका छन् ।

नौ कक्षामा दुवै हात चंगा उडाउदा गुमाएका तर खुट्टाबाट लेखेर वाणिज्यमा स्नातक गरेका गौतमले आफ्ना विगतका अुभवहरु सुनाउदै आफु क्यानाडा नआएको भए सगरमाथा आरोहण गर्न नपाउने बताउनु भएको थियो । नेपाल सरकारबाट कुनै सहयोग नभएको गुनासो गर्दै क्यानाडा सरकार र अल्बर्टा  क्यालगेरीका प्रान्तीय सरकार र नेपाली समुदायको सहयोग पाएकोमा खुशी व्यक्त गर्दै गौतमले दोलखामा विद्यालय स्थापनमा सहयोग गरको र त्यहाँ शौचालय नभएकोले त्यसको शुरुवात गरेको र अपाङ्गहरुलाई निशुल्क शिक्षाकालागि विद्यालयको निर्माण कार्य काठमाडौंबाट यसै वर्ष शुरु गरेको जानकारी दिनु भएको थियो ।

कार्यक्रममा आर्थिक संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका रमाकान्त खरेललाई पनि महामहिम राजदूतबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

नीशा धौडेल केसीले संचालन गर्नु भएको पहिलो सत्रको कार्यक्रमको अन्त्यमा गैरआवासीय नेपाली संघ क्यानाडाको अधिवेशनको सफलताकालागि क्यानाडाका अवस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुबाट शुभकामना व्यक्त गरिएको थियो भने संघका उपाध्यक्ष गोपाल भण्डारीले सबैलाई धन्यवाद दिनु भएको थियो ।

अधिवेशनको दोस्रो सत्रमा मुकेश सिंहले टेक्स ट्रिटीबारे जानकारी दिनु भएको थियो भने रामचन्द्र खरेलले क्षेत्रीय संयोजक र उपसंयोजकको अवधारणलाई अगाडि सारेर यसमा उपसंयोजकलाई संयोजकमा काम गर्ने मौका दिने परम्परा शुरु गर्नेबारे विचार राख्नु भएको थियो ।

राधा बस्नेतले गैरआवासीय नेपाली संघकाको महिला भूमिकाबारे प्रकाश पार्दै ६५ वटा देशमा महिला सहभागिताको पहल शुरु गरेर र अलिेसम्म ३५ वटा देशमा महिला संयोजक रहेको जानकारी दिनु भएको थियो । वहाहरुले उपस्थित विभिन्न सहभागिहरुबाट राखिएको जिज्ञासा र प्रश्नको उत्तर दिनु भएको थियो ।

तेस्रो सत्रमा गैरआवासीय नेपाली संघ क्यानाडाको कार्यक्रमबारे डा. विनोद केसीले प्रकाश पार्नु भयो भने एनआरएनए सल्लाहकार डा. द्रोण रसालीबाट मेन्टरिङ्ग कार्यक्रमकाबारेमा जानकारी दिदै नयाँ र पुरान नेपालीहरुलाई सहयोग गर्ने अठोट व्यक्त गर्नु भयो ।

बाल तथा महिला संयोजक राधा बस्नेतबाट यहाँ भएगरिएका क्रियाकलापको जानकारी गराउदै मैजु विद्यालय र नमूना गाँउलाई आर्थिक सहयोग गरेकोबारे जानकारी गराउनु भएको थियो ।

त्यस्तै, नरबहादुर टन्डनले ट्रक व्यवसाय र पर्यटन प्रचार सम्बन्धी जानकारी दिनु भयो भने डा. हरी गुरुङ्गबाट नेपाल हाउसको स्थापनाका सम्भावनाबारे गरिएको सम्भाव्य अध्ययनकाबारेमा जानकारी गराउनु भयो ।

२००६ मा स्थापना भएको नेपाल पुस्तकालयकाबारेमा जानकारी दिदै डा. रसालीले गैरआवासीय नेपाली संघको मूल परियोजनाकारुपमा रहेको र हाल नेपालमा पनि नेपाली पुस्तकालयकारुपमा दर्ता भएको जानकारी भयो ।

नवराज गुरुङ्गले नमूना गाँउकोबारेमा प्रकाश पार्दै दिशा मुक्त गाँउ र खानेपानीको क्षेत्रमा काम गरेकोबारे जानकारी दिनु भयो ।  

चौथो सत्रमा भएको संघको वार्षिक साधारण सभामा डा. विनोद केसीबाट विगतमा संघले गरेको कामहरुकाबारेमा जानकारी दिनु भयो भने नेपालको व्यापार प्रवद्र्धनमा सहभागिताकालागि वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको थियो ।

महासचिवको वार्षिक कार्यविवरण गोपीकृष्ण काफ्लेबाट प्रस्तुत गरिएको थियो भने आर्थिक आयव्ययको विवरण कोषध्यक्ष राधिका खरेलबाट प्रस्तुत गरिएको थियो । उक्त अवसरमा वहाँले संघमा अहिले १५३६ सदस्य रहेको र त्यसमा १३८ जना आजिवन सदस्य रहेको जानकारी गराउनु भयो ।

कार्यक्रमको अन्त्यमा राधिका खरेलले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेर स्थानीय प्रतिभाको परिचय गराउनु भएको थियो भने उक्त अवसरमा महामहिम राजदूतबाट खेलकूद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गर्नु भएको थियो भने मार्च र जुनमा संघको नामबाट गरिएको रक्तदाताहरुलाई प्रमाणपत्र दिनु भएको थियो ।

खेलकूद प्रतियोगितामा भलीबल खेलतर्फ लाली गुँरास क्यलब प्रथम, अटवा दोस्रो र टोरोन्टो एन.सि.सि.एस. तेस्रो भएको थियो । त्यस्तै सकर (फुटबल) प्रतियोगितामा टोरोन्टो समूह प्रथम, स्कारबोरो समूह दोस्रो र माउण्ट एभरेष्ट समूह तेस्रो भएको थियो ।

यसपटक कयानाडामा क्रिकेट प्रतियोगिताकालागि आउनु भएका नेपाली क्रिकेट खेलाडीहरु उपकप्तान ज्ञानेन्द्र मल्ल र खेलाडी बसन्त रेग्मी सहीत नेपालमा क्रिकेट कोचर रहनु भएका श्रीलंकाका कुबुधु दसनायकलाई अधिवेशनको अवसरमा गैरआवासीय नेपाली संघ क्यानाडाले नेपाली क्रिकेटलाई विश्वमा चिन्हाउन महत्वपूर्ण भूमिका खेल्नु भएकोमा महामहिम राजदूतबाट सम्मानपत्र प्रदान गरिएको थियो ।

-Govind Singh Rawat, PhD in Toronto, Ontario

Read related news:

-http://www.usnepalonline.com/canada/

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.