Inside

All Time Top 50 News

USNepalOnline.Com: Nepalese Community news live from New York City !
नारी दिवसको अवसरमा विशेष कविता: बिचारको युद्ध- दीपा राई पुन मगर PDF Print E-mail
Share
Saturday, 05 March 2016 07:30

मेरो आत्मबिश्वास सल्बलाउँछ
यो धर्तीमा एक दिन
समयले आन्दोलन गर्नेछ
मानव समताको आवाजमा
समभावको हाँक गरेर
युद्ध हुनेछ-
बिचारको ।

Add a comment
Read 0 Comments... >> Read more...
 
नेपाली कांग्रेसको १३ औं महाअधिवेसन, ६५ पदका लागि ३ सय ७५ जनाद्वारा उम्मेदवार, सभापतिमा पौडेल, देउवा र सिटौला PDF Print E-mail
Share
Friday, 04 March 2016 15:48

सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा अर्जुन नरसिंह केसी, सशांक कोइराला र गगन थापाद्वारा उम्मेदवार
Exclusive: 6 photos:
काठमाण्डौं- बिहिबारबाट काठमाण्डौंमा शुरु भएको नेपाली कांग्रेसको तेह्रौं महाधिवशेनको उद्घाटन कार्यक्रम र मनोनयन दर्ता सम्पन्न भएको छ । नेपाली कांग्रेसको केन्द्रिय समितिको लागि आसन्न ६५ पदका लागि ३ सय ७५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । सभापति र महामन्त्री पदमा तीन/तीन जना र कोषाध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले आ-आफ्नो मनोनयन दर्ता गराएकाछन् । त्यसैगरी, महामन्त्रीमा अर्जुन नरसिंह केसी, सशांक कोइराला र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीले उम्मेदवारी दिनुभएएकाछन् । कोषध्यक्षका उम्मेदवार काकीले एकल उम्मेदवारी दर्ता गराएका हुन् भने बाँकी सबैले प्यानलसहित उम्मेदवारी दर्ता गरेका हुन् । केन्द्रिय सदस्यतर्फ खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा ४० जनाको उम्मेदवारी परेको छ । यस्तै, प्रदेशको १४ सिटका लागि १०२ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष ३ सिटमा ५० जना तथा आदिवासी जनजाति महिला दुई सिटमा १४ जनाको उम्मेदवारी परेको केन्द्रिय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए । यस्तै, दलिततर्फको तीन सिटमा २१ जना तथा दलित महिलातर्फको दुई सिटमा ६ जनाको उम्मेदवारी परेको छ । मुस्लिमतर्फको एक सिटका लागि १०, मधेसी पुरुषतर्फ तीन सिटमा १८ र मधेसी महिलातर्फ दुई सिटमा १० जनाले उम्मेदवारी दिएका छन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
हिलारी र ट्रम्प डेमोक्रेयाट र रिपब्लिकनको रोजाई PDF Print E-mail
Share
Wednesday, 02 March 2016 10:11

Hillary: 1,052 delegates, Sanders: 427. Delegates needed to win: 2,382
Trump: 319 delegates, Cruz: 226, Rubio: 110. Delegates needed to win: 1,236

Exclusive: 2 photos: न्यू जर्सी- अमेरिकि राश्ट्रपतीय प्रारम्भिक निर्वाचनको सुपर ट्यूसडे निर्वाचनमा भाग लिएका ११ राज्यहरुमा मन्चित राश्ट्रपतीय प्रारम्भिक निर्वाचनमा डेमोक्रेयाटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले ७ वटा राज्यहरु अलाबामा, अर्कान्सास, जर्जिया, मासचुसेट्स, टेनेसी, टेक्सास र भर्जिनिया राज्य जितिन् भने उनकि प्रत्यासी बर्नी स्याण्डर्सले ४ राज्यहरु कोलोराडो, मिन्नेसोटा, ओक्लोहामा र भर्मण्ट राज्य जिते । उता रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रमले राज्यहरु अलाबामा, अर्कान्सास, जर्जिया, मासाचुसेट्स, टेनेसी, भर्मण्ट र भर्जिनिया जिते भने उनका प्रतिद्वन्दीहरु टेड क्रुजले ३ राज्यहरु अलास्का, ओक्लोहामा र टेक्सास राज्य र मार्को रुबियोले मिन्नेसोटा राज्य जिते । यस अघी, हिलारीले आयोवा, नेभाडा र साउथ क्यारोलिना जिती सकेकिछिन् भने स्याण्डर्सले न्यू ह्याम्पसायर  जितेकाछन् । उता ट्रम्पले नेभाडा, न्यू ह्याम्पसायर र साउथ क्यारोलिना जिती सकेकाछन भने क्रुजले आयोवा र स्याण्डर्सले न्यू ह्याम्पसायर जितिसकेकाछन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
गोर्खाको विधालयलाई अमेरिका निवासी डा. विष्णुमाया परियारको परिवार र साहित्यकार दीपा राईबाट रु डेढ लाख अनुदान, भूकम्पबाट विस्थापितहरुलाई लत्ताकपडा वितरण PDF Print E-mail
Share
Friday, 26 February 2016 19:14

Updated: Special: 15 photos: काठ्माण्डौं/न्यू जर्सी-  गोर्खा जिल्लाको ताक्लुङ गाबिस वडा नं.-२ स्थित गत वर्षको भूकम्पबाट क्षतिग्रस्त सिंजाली मा. बि. विधालयलाई अमेरिकाको न्यू जर्सी निवासी डा. विष्णुमाया परियारको परिवारबाट रु. एक लाख र बोस्टन निवासी साहित्यकार दीपा राई पुन मगरले रु ५० हजार नगद अनुदान प्रदान गरिएको छ । त्यसैगरी, डा. परियारले आफ्नो बाबा स्व. रुपबहादुर परियारको ४५ औं दिनको पून्य तिथिको अवसरमा भूकम्पबाट विस्थापित ताक्लुङ गाबिसका परिवारहरुलाई २०० वटा कम्बल लत्ताकपडा वितरण गरिएको छ ।

Add a comment
Read 0 Comments... >> Read more...
 
अर्को विमान दुर्घटना, क्याप्टेन र को-पाइलटको निधन, ११ जना यात्रु बालबाल बाँच्न सफल PDF Print E-mail
Share
Friday, 26 February 2016 16:10

Special: 2 photos: काठमाण्डौ- नेपालगञ्जबाट जुम्लाकालागि उंडेको काष्ठमण्डप एयरको जहाज कालिकोटको चिलखाया गाविसमा दुर्घटना भएको छ । शुक्रबार दिउंसो १२:२० बजे नेपालगन्जबाट जुमलाका लागि उडेको 9NAJB विमानका पाइलट दिनेश न्यौपाने र सह पाइलट सन्तोष राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । विमानमा सवार ११ जना यात्रु बालबाल बाँच्न सफल भएकाछन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
तारा एयर विमान म्याग्दीमा दुर्घटनाग्रस्त: विमानमा सवार २३ जनाको मृत्यू PDF Print E-mail
Share
Wednesday, 24 February 2016 11:39

Special: 2 photos: काठमाण्डौं- म्याग्दीको दाना गाविसको सोलेघोप्टेको धुरीमा बुधवार विहान दुर्घटनाग्रस्त भएको तारा एयरको विमानमा सवार २३ जनाको मृत्यू भएकोछ । विमान चालक रोशन मानन्धर, सहचालक डिकेस नेमकुले, परिचारिका रमा राउत र २० जना यात्रुहरुको दुर्घटनामा मृत्यू भएको हो ।

Add a comment
Read 0 Comments... >> Read more...
 
नेपाली फूटबल (सकर) टिमले तेश्रो पटक स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय उपाधि जित्न सफल PDF Print E-mail
Share
Monday, 15 February 2016 19:39

दुई पटक भारतीय टिमलाई पराजित गरेर अर्को ईतिहास रच्यो
Exclusive: 5 photos:
काठ्माण्डौं/न्यू योर्क- भारतको गुवाहाटी र सिलङमा सम्पन्न यस पटकको १२ औं साउथ एशियन खेलकूद (साग खेल) मा नेपाली फूटबल टिमले भारतीय टिमलाई उनीहरुको आफ्नो भूमिमा १ गोलका बिरुद्ध २ गोलले पराजित गरेर २३ वर्षपछि तेश्रो पटक साग खेलको स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भएको छ । यस अघि, सन् १९९३ मा बांगलादेशको ढाकामा सम्पन्न छैठौं साउथ एशियन खेलकूदमा नेपाली फूटबल टिमले भारतीय टिमलाई ५ गोलका बिरुद्ध ६ गोलले पराजित गरी दोश्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेको थियो । नेपाली फूटबल टिमले पहिलो स्वर्ण पदक चाहिं सन् १९८४ मा काठ्माण्डौंमा आयोजित पहिलो साग खेलमा बंगलादेशलाई सून्यका बिरुद्ध १ गोलले पराजित गरेर जितेको थियो । अब हेर्नु छ, सन् २०१९ मा काठ्माण्डौंमा हुने १३ औं साग खेलमा हालसम्म बिभिन्न खेलमा कूल १२ सय स्वर्ण पदक जित्ने भारतसंग अहिलेसम्म ७६ स्वर्ण पदक जित्ने नेपालले कसरी टकराव गर्ने हो ?

Add a comment
Read 0 Comments... >> Read more...
 
प्रिय भ्यालेन्टाइन ! समुन्द्र पारीको देशबाट तिमीलाई मनकारी सम्झना ! PDF Print E-mail
Share
Sunday, 14 February 2016 19:40

"यी आँखा खुल्नासाथ बिहानका घामका किरणहरु तन्नेरी भए झैँ तिम्रा यादहरु ताजा हुँदै जान्छ..."
"हाम्रो स्वार्थ मात्रै प्रेम हो, र त्यो प्रेमको उद्देश्य मात्रै प्रेम हो..."
Exclusive:
प्रिय भ्यालेन्टाइन ! मैले हरपल तिम्रो सम्झनामा पवित्र मायाको नुनिलो आसुँ बगाएको छु र अझै बगाई रहनेछु । थाहा छैन, यी आँसुका भेलहहरु कहिलेसम्म बगिरहन्छन् । हुन त, तिमीलाई सम्झिने दिनले घुमिरहनु पर्दैन, अँध्यारो हुनु पर्दैन । तिमीलाई सम्झिनका निम्ति एकान्त र भिंडको आवश्यकता नै पनि छैन । मसँग त्यस्तो कुनै पल छैन, जहाँ तिम्रो याद नहोस्, त्यो सास पनि अपुरो लाग्छ, जहाँ तिम्रो यादको सुवास मिसिएको नहोस् । तिम्रो प्रेमको अलौकिक दुनियामा हरपल रमाउंछु म, किनकी, हाम्रो प्रेमको अस्तित्व त्यही नै हो। Add a comment
Read 0 Comments... >> Read more...

 
न्यू योर्क फेशन शोमा नेपाली धुनको घन्काईमा क्याट वाक हुँदा कस्को मन गर्वले छाती नफुल्ला? PDF Print E-mail
Share
User Rating: / 11
PoorBest 
Saturday, 13 February 2016 23:24

Special: 7 photos, 1 video: न्यू योर्क- बिश्व फेशनको राजधानी मानिने न्यू योर्क शहरमा नेपाली मादलको चटकिलो धूनमा बिश्व भरका मोडेलहरुको क्याट वाकमा नेपाली दौरा सुरुवाल र ढाका टोपिमा सजिएका नेपाली मोडेल दिपक घिमिरेको प्रस्तुतिले कस्को मन गर्वले छाती ढक्क नफूल्ला ? न्यू योर्कको चर्चित फेशन शो 'कन्टुर फेशन विक' को २३ औं शृङ्खला फेब्रुवरी १३ तारिख साँझ नेपाली थिमको प्रस्तुतीबाट शुरु गरिएको थियो । उक्त फेशन विक र वर्ल्ड फेशन परेडको संयुक्त आयोजनामा प्रस्तुत उक्त फेशन शोमा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले बिजयी मोडेलसहित ४ जनालाई नेपाल आउन निम्तो दिदै राउन्ड ट्रिप एयर टिकेट, होटेल, ट्रान्स्पोर्टेशनलाई १० दिनको फोटो सुटिङको प्रायोजन प्याकेज प्रदान गरे । वर्ल्ड फेशन परेडका संस्थापक प्रेसिडेण्ट तथा कन्टुर फेशन विकका साउथ एशिया कण्ट्री डाइरेक्टर राजा घिमिरे मोडेलहरुसंग र्‍याम्पमा उत्रेर पाहुनाहरुलाई स्वागत गरेका थिए । Add a comment
Read 0 Comments... >> Read more...

 
एनआरएन अमेरिका न्यू जर्सी च्याप्टरद्वारा नुवाकोटका भूकम्प पिडित विद्यार्थीहरुलाई स्टेशनरी बितरण PDF Print E-mail
Share
Saturday, 13 February 2016 20:15

Special: 6 photos: काठ्माण्डौं/न्यू जर्सी- एनआरएन अमेरिका न्यू जर्सी च्याप्टरद्वारा नेपालको नुवाकोट जिल्लाको नर्जामण्डपस्थित जनजागृत निमाबि र आहाल डाँडा प्राथमिक विधालयमा अध्यनरत २३६ जना भूकम्प पिडित विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको छ । न्यू जर्सी च्याप्टरका कार्य समिति सदस्यहरु र डिल श्रेष्ठ, डिल केसी, रूक्मिडी भट्टराई लगायतबाट संकलन गरिएको झण्डै डेढ लाख रुपैयाँको स्टेशनरी सामग्रीहरुको वितरण न्यू जर्सी च्याप्टर प्रेसिडेण्ट मुकुन्द ओझा र महिला संयोजक शान्ता अधिकारी घिमिरेले ति दुई स्कूलहरुमा पुगेर गरेका थिए ।

Add a comment
Read 0 Comments... >> Read more...
 
New York's 23rd Couture Fashion Week to showcase Nepalese theme PDF Print E-mail
Share
Saturday, 13 February 2016 13:18

Celebrity Model Candice Zhao To Walk the Runway
Special: 5 photos:
New York- The 23rd Session Couture Fashion Week New York will showcase Nepalese theme by Raja Ghimire, Country Director of the fashion week. The fashion week will be held at Hotel Crowne Plaza, Times Square, Manhattan, New York. It is scheduled between February 12-14, 2016. There will be 250 international models participating in the fashion week where Nepalese model Deepak Ghimire will walk the runway. Add a comment
Read 0 Comments... >> Read more...

 
प्रभु बैंक बन्यो नेपालको सबैभन्दा ठूलो प्राईभेट बैंक PDF Print E-mail
Share
Friday, 12 February 2016 21:28

प्रभु बैंक र ग्राण्ड बैंक विच मर्जर प्रक्रिया सम्पन्न
काठमण्डौं - नेपाल राष्ट्र बैंकबाट 'क' वर्गका ईजाजतपत्र प्राप्त प्रभु बैंक लिमिटेड र ग्राण्ड बैंक नेपाल लिमिटेड विच एकापसमा गाभिने मर्जर प्रक्रिया सम्पन्न भई माघ २९ गतेबाट प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारको शुभारम्भ भएको छ । यसअघि प्रभू विकास बैंक, किष्ट बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एकआपसमा गाभिएपछि प्रभू बैंक बनेको थियो भने ८ वटा वित्तिय संस्थाहरुको मर्जर पछि अन्तत: प्रभु बैंक लिमिटेड नेपालको सबैभन्दा ठूलो प्राईभेट बैंक बन्न पुगेको छ । मर्जर पश्चात् प्रभु बैंकको चुक्ता पूँजी रु. ५२४ करोड, निक्षेप रु. ५,६०० करोड, कर्जा रु. ४,१०० करोड पुगेको छ भने बैंकको शाखा संख्या १३६, एटिएम संख्या १२२ र निक्षेपकर्ता (डिपोजिटकर्ता) हरुको संख्या ७ लाख ५० हजारभन्दा बढि पुगेको छ । प्रभु बैंकमा ७९ हजार व्यक्ति शेयरधनि रहेका छन् । शेयर लगानीकर्ताहरुको यो संख्या नेपालको नीजि बैंकमा सबैभन्दा धेरै संख्या हो । प्रभु बैंकमा करिव १२ सय कर्मचारी कार्यरत छन् । प्रभु बैंकको २५ वटा हाइड्रो पावरमा ४ अर्ब रुपयाँ बढी लगानी रहेको छ । Add a comment
Read 0 Comments... >> Read more...

 
स्व. पूर्व प्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानसहित अन्तिम संस्कार सम्पन्न, श्रद्धाञ्जलिमा बिदेशी पाहुनाहरुको उपस्थिति PDF Print E-mail
Share
Wednesday, 10 February 2016 23:28

Exclusive: 7 photos: काठमाण्डौ- नेपालका पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको राजकीय सम्मानसहित अन्तिम संस्कार गरिएको छ । बुधबार साँझ पशुपतिको आर्यघाटमा कोइरालाको अन्त्येष्टि गरिएको हो । अन्तिम संस्कारअघि पूर्वप्रधानमन्त्री कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मानसहित श्रद्धान्जली अर्पण गरेका थिए । कोइरालाको सम्मानमा पशुपतिमै नेपाली सेनाले सलामी दिएको थियो भने यता टुंडिखेलमा १३ तोपको सलामी दिइएको थियो । कोइरालाको पार्थिव शरीरमा उनका भतिज अतुल  र सुधांशु कोइरालाले दागबत्ती दिएका थिए । कोइरालाको काजक्रिया पनि उनका भतिजबाटै हुने भएको छ । मंगलबार राति अकस्मात भएको कोइरालाको निधनपश्चात कोइरालाका इष्टमित्र सबै अन्तिम संस्कारमा सहभागी भएका थिए ।

Add a comment
Read 0 Comments... >> Read more...
 
नायिका नेहा पुन मगरको हत्यारा सतिश भन्ने कृतन खड्गी पक्राउ: अरु पनि हत्यामा संलग्न हुनसक्ने आशंका PDF Print E-mail
Share
Wednesday, 10 February 2016 11:41

Exclusive: 13 photos: पोखरा, २७ माघ- मगर चलचित्रकी नायिका योरुना पुन मगर उर्फ नेहाको हत्यारामा संलग्न रहेको भन्दै कास्की प्रहरीले पोखरा न्युरोडका २१ वर्षीय सतिश भन्ने कृतन खड्गीलाई पक्राउ गरेको छ । नेहाको माघ १८ गते (फेब्रुवरी १ तारिख) पोखरा-१५ नयाँ गाउँमा उनकै घर नजिक हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । नेहाका आफन्तले उनको हत्यामा अन्यको पनि संलग्नता हुनसक्ने आशंका गरेका छन् । Add a comment
Read 0 Comments... >> Read more...

 
अलबिदा सुशिल दा ! स्व. सुशील कोइरालाको जीवनी र कार्य PDF Print E-mail
Share
Tuesday, 09 February 2016 11:47

फेब्रुवरी १० तारिख बुधबार दिउँसो २ बजे राजकिय सम्मानका साथ स्व. कोईरालाको अन्त्यष्टि गरिने
मुलुकभरका सरकारी कार्यालयमा तीन दिन राष्ट्रिय झण्डा झुकाउने
Exclusive: 8 photos:
काठमाण्डौं- पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको फेब्रुवरी ९ तारिख मंगलबार राति १२ बजेर ५० मिनेटमा आफ्नै निवास महाराजगञ्जमा कोइरालाको निधन भएको छ । नेपाली राजनीतिमा इमान्दारितालाई सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरूमा सबैभन्दा सादा जीवन व्यतित गर्ने मध्येमा एक थिए । १९९६ साल माघ २८ गते बाबु वोधप्रसाद कोइराला र आमा कुमुदिनी कोइरालाको कोखबाट जन्मिएका कोइराला बाल्यकालदेखि नै नेपाली राजनीतिमा सक्रिय रहँदै आएका थिए । आजीवन अबिहाहित रहेका कोईरालाका ५ दाजूभाई र ३ दिदिबहिनी छन् । २००७ सालमा ११ वर्षको उमेरदेखि राजनीतिमा प्रवेश गरेका कोइराला निरन्तर नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए ।

Add a comment
Read 0 Comments... >> Read more...
 
नेपालका पूर्व प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शुशिल कोईरालाको निधन PDF Print E-mail
Share
Monday, 08 February 2016 17:09

Nepal's ex-Prime Minister and Nepali Congress party President Sushil Koirala passes away today in Kathmandu. Photo by Pradeep Thapa

Exclusive: 1 photo: न्यू योर्क / काठमाण्डौं- नेपालका ३७ औं प्रधानमन्त्री एबं नेपाली काँग्रेसका सभापति शुशिल कोईरालाको निधन भएको खबर युएसनेपालअनलाईनलाई प्राप्त भएको छ । सन् १९३९ को अगस्ट १२ तारिख बिराटनगरमा जन्मेका कोईरालाको नेपाली समयअनुसार आजै फेब्रुवरी ८ तारिख मध्यरातमा निधन भएको हो । उनी सन् २०१४ फेब्रुवरी ११ देखि १२ अक्टोबर २०१५ सम्म नेपालको प्रधानमन्त्री रहेका थिए ।

Add a comment
Read 0 Comments... >> Read more...
 
हामी नेपाली कति प्रवासमा ? तपाईको नाम छुट्ला नी ! PDF Print E-mail
Share
Tuesday, 26 January 2016 19:10

Exclusive: न्यू योर्क- सन् २०१० को अमेरिकि जनगणनाको नतिजाअनुसार अमेरिकाभर कूल ५९ हजार ४९० नेपाली छन् । तर अमेरिकामा अनुमानित २ लाखभन्दा बेशी रहेको अनुमान गरिन्छ । नेपालको राश्ट्रिय जनगणना २०६८ (सन् २०१२) अनुसार नेपालको जनसंख्या २६,६२१,००० रहेको छ । बिदेसिएका नेपाली १९,१७९,९०३ जस मध्ये पुरुष १६,६३,२३७ (८६ .७ प्रतिशत) र महिला २,५४,६६६ (१३.३ प्रतिशत) रहेको छ । तर प्रवासमा रहेका नेपालीहरु अनुमानित ३० लाखदेखि ४० लाख रहेको अनुमान गरिन्छ । Add a comment
Read 0 Comments... >> Read more...

 
Honoring Nepal's six-time Finance Minister Dr. Ram Saran Mahat in New York PDF Print E-mail
Share
Monday, 25 January 2016 19:00

Exclusive: 10 photos, 1 video: New York- Honoring Nepal's 6-time Finance Minister Dr. Ram Saran Mahat who was chosen as 'Global & Asia Pacific Finance Minister of the Year 2016 by London-based The Banker magazine which is sister publication of influential The Financial Times newspaper. The reception was hosted in New York by Nepali Jana Samparka Samiti America on January 25, 2016.

Add a comment
Read 0 Comments... >> Read more...
 
अपडेट: अमेरिकामा राप्रपा नेपालको भातृ संगठनमा भाँडभैलो: साहित्यकार ज्ञानेन्द्र गदाल, राजा घले, रमा सिंह, सीता पाण्डे, चन्द्र लामाद्वारा आफ्नो नाम आयोजक समितिमा राखिएकोमा आपत्ती PDF Print E-mail
Share
Sunday, 24 January 2016 19:59

राप्रपा नेपालको भातृ संगठन समाजका अध्यक्ष बिदुर बिस्ट र संरक्षक आङ कामी शेर्पाद्वारा घोर निन्दा र आपत्ती
Updated; Exclusive: 1 Document:
न्यू योर्क- नेपालको राश्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को अमेरिकि भातृ संगठन 'प्रवासी नेपाली एकता समाज युएसए' को वर्तमान कार्य समितिलाई नसोधी अमेरिकामा रहेका राप्रपा नेपालका केन्द्रिय सदस्य प्रेमकुमार श्रेष्ठ (बाल्टिमोर) ले ३७ सदस्यीय प्रथम राश्ट्रिय महाधिबेशन आयोजक समिति र २५ जनाको सल्लाहकार समिति गठन गरेको घोशणा गरिए पछि समाजको कार्य समितिबाटै घोर निन्दा र आपत्ती जनाईएको छ भने मनोनितहरुबाट आफ्नो नाम समावेश गरिएकोमा आपत्ति ब्यक्त गरिएको छ । यो समाचार तयार पार्दासम्म साहित्यकार ज्ञानेन्द्र गदाल (कोलोराडो), संचारकर्मी रमा सिंह (क्यालिफोर्निया), साहित्यकार सीता पाण्डे (मेरिल्याण्ड) समाजसेवी राजा घले (जर्जिया), खेलाडी/प्रशिक्ष्यक चन्द्र लामा (भर्जिनिया) द्वारा आफ्नो नाम आयोजक समितिमा राखिएकोमा आपत्ती जनाएकाछन् ।

Add a comment
Read 0 Comments... >> Read more...
 
"नेपाल खुला विश्वविद्यालय विधेयक २०७२" उपर सांसदहरु र एनआरएन विज्ञहरु बिच छलफल PDF Print E-mail
Share
Sunday, 24 January 2016 18:49

काठमाण्डौं- गैर-आवासीय नेपाली संघका प्रतिनिधिहरु र व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिका माननीय सांसदहरु विच संसदबाट हालै समितिमा संसोधनका लागि पठाइएको "नेपाल खुला विश्वविद्यालय विधेयक २०७२" उपर माघ १० गते छलफल भएकोछ । छलफलमा समितिका तर्फबाट सभापति रञ्जु कुमारी झा लगायतका २२ जना माननीयहरुले भाग लिएका थिए भने खुला विश्वविद्यालय पूर्वाधार विकास समितिका तर्फबाट सदस्यहरु डा. बासुदेव काफ्ले, डा. अमुदा श्रेष्ठ र सदस्य-सचिव डा. राम जीवन यादवले भाग लिएका थिए । त्यस्तै गैर-आवासीय नेपाली संघका तर्फबाट निवर्तमान प्रमुख संरक्षक राम प्रताप थापा, सल्लाहकार एकनाथ खतिवडा, खुला विश्वविद्यालय कार्यदलका अध्यक्ष डा. प्रमोद ढकाल, विषय अनुसन्धानकर्ता छत्र कार्की, कार्यकारी निर्देशक राजेश शमशेर राणा साथै सचिवालयका कर्मचारिहरुले भाग लिएका थिए । Add a comment
Read 0 Comments... >> Read more...

 
More Articles...
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 7 of 333

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.